डोटीमा कक्षा १२ का विद्यार्थीलाई कोरोना विरुद्धको खोप

news
news
September 13, 9:45

डोटी: कोरोना कहरका कारण लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालयहरु क्रमिक रुपमा खुल्न थालेपछि यहाँको बडिकेदार गाउँपालिकाले आफ्ना पालिकामा अध्ययनरत कक्षा १२ का विद्यार्थीलाई पहिलो चरणमा कोरोना विरुद्धको खोप लगाउन शुरु गरेको छ। 

गाउँपालिकाले बडिकेदार गाउँपालिका–२ मा रहेको बर्छैन माध्यामीक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई उक्त खोप लगाइ पहिलो चरणको कार्यक्रमको शुरुआत् गरेको गाउँपालिका स्वास्थ्य शाखा सामुदायिक अधिकृत सम्भु थापाले जानकारी दिए। 

उक्त कार्यक्रममम कक्षा १२ मा अध्ययनरत ३६ छात्र र २९ छात्रालाई खोप लगाइएको हो। जिल्लामा कक्ष १२ मा अध्ययन गर्ने विद्यार्थीलाई कोरोना विरुद्धको खोपलगाउने बडिकेदार पहिलो पालिका रहेको गाउँपालिका अध्यक्ष कृष्णबहादुर चन्दले बताए। उनले भने, “बन्द भएको लामो समयपछि पालिकाका विद्यालय खुलेका छन्, उनीहरुलाई जोखिम नहोस भनेर हामीले खोप लगाउन शुरु गरेका छौँ, अब पुरै पालिकाका विद्यार्थीलाई खोप लगाउने छौँ।”

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा