बैतडीमा स्क्रब टाइफसको जोखिम, २२ जना संक्रमित फेला

news baitadi
news baitadi
September 13, 3:47

पछिल्लो समय बैतडीमा स्क्रब टाइफस रोगको जोखिम बढ्दै गएको छ। यहाँका स्वास्थ्य संस्था र अस्पतालमा उपचारका लागि आउने बिरामीमा स्क्रब टाइफस संक्रमित देखिन थालेपछि जोखिम बढ्दै गएको हो।

जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामीमा पनि स्क्रब टाइफस देखिएको अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए। विगतका वर्षमा फाट्टफुट्ट मात्र देखिए पनि यो वर्ष संक्रमितको संख्या बढेको छ। ‘वर्षायामको सुरुबाटै संक्रमितको संख्या बढेको छ,’ उनले भने‚ ‘साउनदेखि हालसम्म २२ जनामा स्क्रब टाइफस पुष्टि भइसकेको छ।’

जिल्लाका सबै स्थानीय तहबाट आएका बिरामीमा स्क्रब टाइफसको संक्रमण देखिने गरेको छ। तीमध्ये पनि सदरमुकामस्थित दशरथचन्द नगरपालिका र दोगडाकेदार गाउँपालिकाका बढी रहेको सूचना अधिकारी पन्तले बताए।

जिल्ला अस्पतालमा बढीजसो भाइरल ज्वरोका बिरामीहरू उपचारका लागि आउने गरेका छन्। अस्पतालमा हाल दैनिक १०० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेकोमा ५० जना भाइरल ज्वरोका बिरामी रहेका जिल्ला अस्पतालका प्रमुख डा। वशन्तराज जोशीले बताए। अस्पतालले ज्वरोका प्रत्येक बिरामीमा स्क्रब टाइफसको परीक्षण गरिरहेका छ। उनले भने, ‘केही स्क्रब टाइफसका बिरामीलाई अस्पतालमा भर्ना नै गरेर उपचार गर्नुपर्ने अवस्था रहेको छ।’
वर्षा याममा किर्ना किराले टोक्दा स्क्रब टाइफसको संक्रमण हुने डा। जोशीले बताए। ‘चौपायासँथ घुलमिल हुँदा किर्नाले टोक्ने र त्यसपछि स्क्रब टाइफस देखिने गरेको छ,’ उनले भने, ‘स्क्रब टाइफसले ज्यानै लिन सक्ने भएकाले परीक्षणको दायरा बढाएर उपचार गरिरहेको छौं।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा