बैतडीको दोगडाकेदारले छोरी जन्माउने आमालाई थप २ हजार प्रोत्साहन भत्ता दिँदै

news
news
September 15, 9:55

 

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई दिने प्रोत्साहन भत्तामा वृद्धि गरेको छ । गएको तीन बर्ष यता छोरी जन्माउने आमालाई एक हजार थप प्रोत्साहन भत्ता दिँदै आएकोमा यो बर्षदेखि दुई हजार भत्ता दिने निर्णय भएको गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताइन् । 

छोरी जन्माउने आमालाई समाजमा हुने विभेद नहोस भनेर थप प्रोत्साहन भत्ताको व्यवस्था गरिएको उनले बताइन् । उनले भनिन् ‘हाम्रो समाजमा अझै पनि छोरी जन्मिए विभेद गर्ने चलन कायमै छ । त्यो विभेद कम होस भनेर हामीले यो कार्यक्रम सञ्चालनमा ल्याएका हौं ।’ छोरी जन्माउने आमालाई पालिकाका तर्फबाट थप प्रोत्साहन भत्ता दिने गरिएको उपाध्यक्ष कार्कीले बताइन् । छोरीको महत्वका बिषयमा समाजलाई जागरुक गराउन र सुत्केरी आमाको पोषणस्थितीमा सुधार ल्याउनका लागि सहयोग होस भनेर यो कार्यक्रम सञ्चालनमा ल्याइएको उनले बताइन् । 

यसले समाजमा छोरीमाथि हुने गरेको विभेद अन्त्यका लागि समेत सहयोग गर्ने पालिकाले विश्वास गरेको उनले बताइन् । छोरी जन्माउने आमालाई थप प्रोत्साहन भत्ता दिन शुरु गरेपछि आमाहरु समेत खुसी भएका छन् ।  दोगडाकेदार गाउँपालिकाले गत आर्थिक बर्षमा छोरी जन्माउने २४० आमालाई थप प्रोत्साहन भत्ता वितरण गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए । 
 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा