कञ्चनपुरमा सशस्त्र प्रहरीका जवान मृत फेला

news
news
September 16, 9:08

धनगढी : कञ्चनपुरमा सशस्त्र प्रहरीका जवान मृत फेला परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–३ खिरिया घर भएका २५ वर्षीय जितबहादुर चौधरी मृत फेला परेका हुन्। 

जिल्लाको बेलौरी नगरपालिकामा पर्ने बन्धातालमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए। उनका अनुसार साथीहरुसंगै बन्धातालमा पौडी खेल्ने क्रममा चौधरी डुबेर बेपत्ता भएका थिए। 

बेपत्ता भएको दुई घण्टापछि चौधरी मृत फेला परेका हुन्। मृतक चौधरीको शव पोष्टमार्टमका लागि श्रीपुर स्वास्थ्य चौकी बेलौरीको शव गृहमा राखिएको छ। चौधरी हाल कंचनपुरको झलारीस्थित नम्बर ३५ नम्बर गण शैलेश्वरीमा कार्यरत थिए। उनी केही दिनअघि बिदामा घर पुगेका थिए। 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा