विपन्न वर्गका बालबालीकाहरुको पढाईमा सहयोग पुगोस भन्दै शिक्षक भट्टद्वारा अक्षयकोष स्थापना

news doti
news doti
September 21, 2:06

असोज ५ गते डोटी – डोटीको आदर्श गाउँपालिका - २ नुवाकोट कोटान्जरमा रहेको कालिभैरव माध्यमिक विद्यालयका प्रधानाध्यापक भोजराज भट्टले विद्यालयमा १ लाखको अक्षयकोष स्थापना गरेका छन् । सेवा निबृत भए लगत्तै उनले आफुले अध्यापन गराउदै आएकोमा विद्यालयमा १ लाख १ सय ५१ रुपैया बराबरको अक्षयकोष स्थापना गरेका हुन् । विपन्न वर्गका बालबालीकाहरुको पढाईका लागी सहयोग पुगोस भन्ने हेतुले आफुले अक्षयकोष स्थापना गरेको भट्टले बताए ।

‘पहाडी क्षेत्रका स्थानिय प्राय कृषि पेशामा संलग्न हुन्छन, परम्परागत कृषि प्रणालीका कारण विकट पहाडी क्षेत्रका स्थानिय सँग आर्थिक अभाव हुन्छ’ उनले भने ‘आर्थिक अभावका कारण पढाईमा ईच्छा हुँदा हुदै पनि बालबालीकाहरुले विद्यालय जान पाएका हुदैन्, त्यस्ता विद्यार्थीहरुको पढाईका लागी सहयोग पुगोस् भनेर मैले  विद्यालयमा अक्षयकोष स्थापना गरेको हुँ ।’ यसका साथै विद्यालयबाट कक्षा ८ र एसईई परिक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गर्नका लागि समेत अक्षयकोष स्थापना गरिएको भट्टले बताए ।

३८ बर्ष देखि निरन्तरत शिक्षण पेशा क्रियाशिल भट्टले  विद्यालयको भौतिक, आर्थिक र समग्र शिक्षाको पाटोलाई माथी उकास्न उल्लेखनिय योगदान दिएको स्थानीयहरुले बताएका छन्  । संस्थापक देखी यहि साउन १० गतेसम्म प्रधानाध्यापकका रुपमा कार्यरत भट्टले विद्यालयलाई आधारभुत तहदेखी माध्यमिक तहसम्म पु(याउनुका साथै विद्यालयमा भौतिक संरचना, फर्निचर, खानेपानी लगायतका सुविधाहरु ल्याउन सफल भएको स्थानीयको भनाइ छ।

उनले विद्यालयमा उत्कृष्ट कार्य गरेवाफत २०६६ सालमा राष्ट्रिय शिक्षा पुरस्कार समेत प्राप्त गरेका थिए । लामोसमय देखि शिक्षाका क्षेत्रमा अतुलनीय सहयोग गरेको भन्दै एक भब्य कार्यक्रम गरेर बिद्यालयले उनलाई दोसल्ला, खादा, सेवापदक र प्रमाणपत्र दिएर विदाई गरेको थियो । जनप्रतिनिधि,शिक्षक विद्यार्थी ,स्थानीयहरुले बाजागाजा सहित भब्य स्वागत गरेर घरसम्म पुर्‍याएको उनका छोरा सुरेन्द्र भट्टले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा