अमेरिका निवासी युवा समाजसेवी जयन्ती थापाको सहयोगले बादी परिवारमा छायो खुसियाली

news
news
October 13, 8:40

डोटी । डोटीका १४ बादी परिवारलाई खाद्यान्न वितरण गरिएको छ । दसैँ पर्वलाई लक्षित गरेर अमेरिकामा बस्दै आएकी जयन्ती थापाको सहयोगमा खाद्यान्न वितरण गरिएको हो ।

आर्थिक अवस्था कमजोर भएका दिपायल सिलगढी नगरपालिका / ४ दिपायलका बादी समुदायलाई आइतबार प्रति परिवार एक÷एक बोरा गरि १४ बोरा चामल वितरण गरिएको हो । थापाले खाद्यान्न वितरणका लागि अमेरिकाबाट रु २० हजार बढि रकम पठाएकी थिईन् । उक्त रकमबाट चामल खरिद गरि वितरण गरिएको वडा सदस्य पार्वती पार्कीले बताइन् । ‘यहाँका बादी समुदायहरुको आर्थिक अवस्था एकदमै कमोजर छ,‘उनले भनिन्,‘बस्नका लागि घर समेत नभएर सडक छेउमा टिनका टहरा बनाएर बसेका छन् । चाडपर्वका बेला दुई छाक खान पनि मुस्किल पर्ने उक्त समुदायलाई उपलब्ध गराएको चामलले ठुलो राहत मिलेको छ ।’ मज्द्री गरेर आफूहरुले साझ विहानको छाक टार्नु पर्छ दसैंको बेला कामहरु बन्द हुन्छन् चिन्ता बढेकै समयमा खाद्यन्न सहयोग गरेकोमा पदम बादीले थापालाई धन्वाद दिए । उनले आगामी दिनमा डोटी जिल्लमा रहेका असायहरुलाई यसरी नै सहयोग गर्न आग्रह समेत गरेका छन् ।

दैलेख घर भएकी थापा हाल अमेरिकामा बस्दै आएकी छिन् । उनले अमेरिकाबाट नेपालका लागि सहयोग जुटाउँदै आएकी छिन् । आफू प्रदेशमा रहेता पनि नेपाल प्रतिको माया प्रगाढ रहेको थापाले बताइन् । नेपालमा रहेका असायहरुलाई सहयोग गर्दै आइरहेको बताएकी छन् । उनले सानो उमेर देखी नै आफ्नो सहयोग गर्ने बानिरहेकोले हालसम्म पनि त्यो बानि कायमै रहेको समेत बताइन् । बिगत लामो समय देखि नेपालका अन्य जिल्लाका मानिसहलाई सहयोग गर्दै आइरहेको जानकारी गराइन ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा