डोटीमा मृत्यू हुनेको संख्या १३ पुग्यो

news
news
October 20, 3:20

डोटी – डोटीमा थप एक जनाको मृत्यू भएको छ । सायल गाउँ पालिका वडा नं ५ भालुमेलाका देव डुम्रेलको मृत्यू भएको प्रहरीले जानकारी दिएको छ । यो संगै डोटीमा मृत्यू हुनेको संख्या १३ पुगेको छ । डुम्रेल बुधबार बिहान घरभित्रै पुरिएर मृत अवस्थामा फेला परेको प्रहरी निरिक्षक रबिन्द्र चन्दले जानकारी दिए । प्रहरीका अनुसार पहिरोमा परी १ सय १० परिवारका ५ सय मानिस बिस्थापीत भएका छन् भने ३५ चौपायाको मृत्यू २५ घाइते २० वेपत्ता रहेका छन् ।

२ वटा झोलुङ्गे पुलमा क्षति क्षती भएको छ । डोटीमा मृत्यू हुने मानिसहरुको बिबरण १.सागर कुञ्जेडा (१४ बर्ष)सायल गापा ६ अम्तोडा २. आशिष कुञ्जेडा ( ११ बर्ष) सायल गापा ६ अम्तोडा ३ बिरे रोकाया (७४ बर्ष) सायल गापा १ रोकायागाँउ ४. लहरे लुहार (५८ बर्ष)सायल गापा ६ डुंगरी ५. हिरुवा लुहार (५८ बर्ष) सायल गापा ५ डुंगरी ६.देव डुम्रेल (७५ बर्ष) सायल गापा ५ भालुमेला ७. जोगी सार्की (६३ बर्ष) जोरायल गा.पा. ३ नवलपुर ८. झुपरी सार्की (६१ बर्ष) जोरायल गा.पा. ३ नवलपुर ९.शेर बहादुर बि.क(४२ बर्ष) जोरायल गा.पा. ४ सैगडा १०.मोहन बि.क.(१८ बर्ष) जोरायल गा.पा. ४ सैगडा ११.पबित्रा बिक (१३ बर्ष) जोरायल गा.पा. ४ सैगडा १२.रबिन बि.क. (१६ बर्ष) जोरायल गा.पा. १ घण्टेश्वरखार १३.मन्धरा बलायर (३६ बर्ष) शिखर न.पा. ११ बारपाटा स्रोत ः जिल्ला प्रहरी कार्यालय डोटी

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा