एलपीएलको इन्स्योरेन्स पार्टनर अजोड इन्स्योरेन्स लिमिटेड 

Ajod
Ajod
November 14, 9:41

धनगढी - कैलालीको धनगढीमा आगामी माघ दोस्रो साताबाट आयोजना हुने विद्यालय स्तरको यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग–६ (एलपीएल–६) को इन्स्योरेन्स पार्टनर अजोड इन्स्योरेन्स लिमिटेड रहने भएको छ ।  विद्यालय स्तरको क्रिकेटलाई उकास्ने र राष्ट्रिय स्तरको क्रिकेटसँग जोड्ने अभियानमा अघि बढेको लिटल फ्लावर प्रिमियर लिगको इन्स्योरेन्स पार्टनरको रूपमा सुनधारा काठमाडौँमा प्रधान कार्यालय रहेको अजोड इन्स्योरेन्स रहने भएको हो ।

प्रतियोगितामा इन्स्योरेन्स  पार्टनरका रूपमा रहने गरी अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  कुमार बहादुर खत्री र लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाही बिच  सम्झौता पत्रमा हस्ताक्षर भएको छ । हस्ताक्षरपछि शाहीले विद्यालय स्तरीय उमेर समूहको क्रीकेट खेललाई प्रवर्द्धन गर्ने र देशव्यापी बनाउने अभियानमा सहकार्य गरे भन्दै अजोड इन्स्योरेन्स लिमिटेड प्रति आभार प्रकट गरे । 

अजोड इन्स्योरेन्सले स्वास्थ्य पारिवारिक बिमा मार्फत सामान्य रोग देखि घातक रोगहरूसम्मको उपचारार्थ बिमीतहरूलाई सहयोग गर्दै आएको छ । 

 

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा