धनगढीमै हुने भयो फिजियोथेरापीबाट नसा च्यापिएको सफल उपचार

news
news
November 14, 1:01

धनगढी – कन्चनपुरको पुर्नवासकी एक १७ वर्षीय किशोरीको शौचालय जाने क्रममा मेरुदण्डको नशा च्यापिएर  १७ –१८ दिन सम्म बेडमै थला परिन। उपचारको लागि वरिष्ठ फिजियोथेरापिष्ट डा। सुरेन्द्र ऐरकोमा पुगिन। त्यहाँ उपचारपछि १० दिनको फिजियोथेरापी पछि हिड्न सक्ने अबस्थामा पुगेको बिरामीका आफन्तले बताए । त्यस्तै,  धनगढीका एक ३३ वर्षीय युवक कार्यालयमा बस्दा बस्दै मेरुदण्डको नशा च्यापिएर उपचारको लागि नेपालगञ्ज, काठमाडौं लगायतका अस्पतालका धाए । समस्या ठिक नभएका कारणले अहिले डा। ऐरको निगरानिमा ३ महिनादेखि फिजियोथेरापिमा गर्दै आइरहेको छन् । अहिले पहिलेको अबस्था भन्दा ठिक भएको अलि लामो समयसम्म फिजियोथेरापी गराउँदा सामान्य अबस्थामा आउन सकिने बताउँछन् । फिजियोथेरापी औषधी बिज्ञानको एक महत्वपुर्ण भाग हो । भौतिक चिकित्सा बिज्ञान पद्धति उपचार गरीन्छ । फिजियोथेरापी सबै उमेर समुहका महत्वपुर्ण उपचार पद्धति हो । फिजियोथेरापीको मुख्य काम भनेको मानिसलाई सक्रिय बनाउनु, क्रियाशिल बनाउनु, रोगीको अबस्थालाई पुरानै जीवनशैलीमा ल्याउन मद्दत  गर्नु हो । यसमा जोर्नी तथा तन्तुलाई चलाएर उपचार गरिन्छ ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा