धनगढीको सारथी अस्पतालद्धारा मधुमेहका बिरामीलाई निःशुल्क उपचार

news
news
November 15, 2:15

धनगढी, २८ कार्तिक/ विश्व मधुमेह दिवसको अवसर पारेर धनगढीस्थित सारथी अस्पतालमा सचेतना मूलक कार्यक्रम गर्नुको साथै निःशुल्क मधुमेह जाँच गरेको छ । अस्पताल परिसरमा सोमबार विभिन्न सचेतना मुलक कार्यक्रमको साथै निःशुल्क मधुमेह जाँच तथा उपचार गरेको हो ।

अस्पतालका प्याथोलोजिस्ट डाक्टरहरुले मधुमेह हुन नदिन र भइहाले पनि कसरी रोकथाम र नियन्त्रण गर्न सकिने त्यसबारेमा विरामीहरूलाई स्वास्थ्य सचेतना दिएका थिए । सोही अवसरमा विरामीहरुको निःशुल्क मधुमेह जाँच गरिएको थियो । निःशुल्क मधुमेह जाँचमा ३१ जना विरामीको उपचार गरेको अस्पतालले जनाएको छ ।

स्वास्थ्य जाँच गरिएको विरामीहरुलाई अस्पतालले निःशुल्क औषधी पनि वितरण गरेको अस्पताले जनाएको छ । विश्व मधुमेह दिवसको अवसर पारेर अस्पतालमा आएका विरामीहरुलाई अन्य जाँचमा ५० प्रतिशत छुट दिएको छ ।

सारथी अस्पतालले यसअघि पनि विभिन्न अवसर पारेर जाँच तथा उपचारहरु निःशुल्क तथा छुटसहित प्रदान गर्दै आएको अस्पतालका निर्देशक बेदप्रकाश जोशीले जानकारी दिए । आउँदा दिनहरुमा यस्ता कार्यक्रममलाई निरन्तार दिने उनले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा