सारथी अस्पतालमा नसा, हाडजोर्नी र मेरुदण्डमा हुने विभिन्न समस्याको उपचार सुरु

news
news
November 19, 9:56

धनगढी ३ मंसिर/धनगढीमा रहेको सारथी अस्पतालले नयाँ व्यवस्थापनका साथ नसा तथा हाडजोर्नी र मेरुदण्डमा हुने विभिन्न प्रकारका समस्याहरुको उपचार सुरु गरेको छ। काठमाडौँबाट विशेषज्ञ डक्टरहरुले नयाँ व्यवस्थापनका साथ सेवा सुरु गरेका हुन्।

कन्सलटेन्ट अर्थोपेडिक एण्ड अर्थोकोपी सर्जन डाक्टर धनबहादुर कार्की र कन्सलटेन्ट अर्थोपेडिक स्पाइन एण्ड ट्रमा सर्जन डा निरज शाहको टोलीले सारथी अस्पतालबाट सो सेवा सुरु गर्ने बताइएको छ। बिएण्डबी अस्पताल काठमाडौँमा ३ वर्ष काम गरिसकेका डा। शाहले स्पाइन तथा ट्रमा सर्जनको रुपमा सारथी अस्पतालमा सेवा सुरु गरेको बताए। उनले हड्डी भाँचिएको, हाड जोर्नीको समस्या तथा खिइएको लगायतको उपचार हुने बताए।

विशेषगरी मेरु दण्डअको उपचार जस्तै, तल्लो डाढ दुख्ने, इन्फेक्सनले हुने समस्या, ढाडको टिभीले हुने समस्या, ट्युमरले हुने समस्या, कुरकुरे हड्डीहरु खिइएर हुने समस्या तथा ढाड भाच्चिएर हुने समस्यालाई केन्द्रित गरेर यो सेवा सुचारु गरेका डा शाहले बताए। उनले बुधबारदेखि सेवा सुरु गरिएको बताए। यस्तै दुरबिनको माध्यमबाट ट्रमा तथा जोर्नीसम्बन्धी अप्रेशन सुरु गरिएको डा। धनबहादुर कार्कीले बताए। उक्त सेवा सुरु भएपछि नसा तथा हाड जोर्नी र मेरुदण्ड९ढाड० दुखाइ सम्बन्धी बिरामीहरुले सुदूरपश्चिममै विशेषज्ञ डक्टरहरुबाट उपचार पाउने बताइएको छ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा