कांग्रेस महाधिवेशन : सचिबमा पाठकको उम्मेदवारी घोषणा

news
news
November 19, 2:24

आशन्न नेपाली काँग्रेसको १४ औं महाधिवेसनमा  डोटी जिल्लाको जिल्ला सचिबमा  युवा नेता ओमराज पाठकले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।  उनि २०४६ सालको जन आन्दोलनमा शक्रिया भुमिका निर्वाह गर्नेमा उनि पनि एक हुन । बझाङको सत्यवती हाई स्कुलमा अध्यनरत पाठकले प्रजातन्त्रको लागी आन्दोलन गर्दा उनले ७ दिन प्रहरीको हिरासतमा समेत बसेका थिएका थिए । 
नेपाली काँग्रेस डोटीको चौधौँ महाधिवेशन नजिकिएसँगै उम्मेदवारी घोषणा भई रहेका छन् । मङ्सिर ६ गते हुने जिल्ला अधिवेशनलाई लक्षित गरेर उम्मेदवारी घोषणा हुन लागेका हुन् ।
नेपाली काँग्रेसमा युवा नेतृत्व आए मात्रै बिपीको समाजवाद सच्चा रूपमा लागु गर्न सकिने भएका कारण काँग्रेसको नेतृत्व तहमा युवा पुग्न आवश्यक रहेको नेता पाठकले बताए । सचिवमा तपाईँको उम्मेदवारी किन भन्ने प्रश्नमा पाठकले भने ‘ म अहिले सङ्गठन र पार्टीको पक्षमा काम गर्न सक्ने इच्छाशक्ति र क्षमता छ, काँग्रेसलाई ऊर्जाशील बनाउन त  युवा नै चाहिन्छ  त्यसैले मेरो उम्मेदवारी हो ।’

news


केन्द्रीय महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि र जिल्ला पदाधिकारीमा नेतृत्व हत्याउनका लागी नेताहरूको बिचमा रस्साकस्सी चली रहेको छ ।  सचिवमा पाठकले औपचारिक रूपमा नेतृत्वको दाबी गरेर सार्वजनिक घोषणा गरे पनि अरू नेताहरू भने आन्तरिक भेटघाट तथा आफ्नो पक्षमा समर्थन गर्न आग्रह गरिरहेका छन् । 
 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा