बैतडीमा एक महिला माथि निर्घात कुटपिट, एक युवक पक्राउ

news
news
November 21, 10:59

धनगढी: बैतडीमा एक महिलामाथि कुटपिट गरिएको छ। जिल्लाको शिवनाथ गाउँपालिका -२ फट्केढुंगाकी ४९ वर्षीया चम्पादेवी साउँदमाथि कुटपीट गरिएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार डडेल्धुराको भागेश्वर गाउँपालिका -१ का १८ वर्षीय सन्दीप सार्कीले उनीमाथि कुटपिट गरेका हुन्। देगडा मेला हेर्न आएका सन्दीपले एकल महिला साउँदको टाउकोमा हिर्काएको प्रारम्भिक जानकारी आएको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए।

घाइते चम्पाको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भईरहेको र सार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले बताए। प्रहरीले महिलामाथि कुटपिटको कारण खुल्न नसकेको बताएको छ भने स्थानीयहरुले गरगहना लुट्नका लागि सार्कीले कुटपिट गरेको आरोप लगाएका छन्। 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा