कांग्रेस अधिवेशन : डोटीका बहालवाला सभापति पराजित

news
news
November 24, 12:23

नेपाली कांग्रेस डोटी जिल्ला कार्य समितिको नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको पहिलो चरणको निर्वाचनबाटै वर्तमान सभापति बाहिरिएका छन्। 

प्राप्त परिणाम अनुसार वर्तमान सभापति प्रदीपकुमार देउवाले पहिलो चरणको निर्वाचनमा तेस्रो धेरै अर्थात २१४ मात्रै मत ल्याउन सफल भएका छन्। 
यहाँ पहिलो चरणको निर्वाचनमा खसेको १ हजार ८५ मतमध्ये सबैभन्दा धेरै ३८५ नरेन्द्र बहादुर सिंहले ल्याएका छन्। 

त्यसपछि दोस्रो धेरै ३४२ मत भूमिराज बडूले पाएका छन्। तेस्रो धेरै मत ल्याएका वर्तमान सभापति देउवा पहिलो चरणबाटै बाहिरिएका हुन्।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा