डोटी कांग्रेस सभापतिमा सिंह विजयी

एक
एक
November 24, 6:14

डोटी – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत डोटी जिल्लामा भएको दोस्रो चरण मतदानमा नरेन्द्र बहादुर सिंहले जिल्ला सभापतिमा बिजयी भएका छन  । जिल्ला कार्यसमिति र संघीय महाधिवेशन प्रतिनिधिका लागि भएको  हो ।

जिल्ला कार्यसमितिका पदाधिकारी र महाधिवेशन प्रतिनिधिको मतगणना सभापतिको गणना सकिए पछि गरिने छ। सभापतिका लागि नरेन्द्र बहादुर सिंह र भूमिराज बडुका बीच दोश्रो चरणमा मतदान भएको हो । पहिलो चरणमा पाँच जना उमेदवारका बीच प्रतिस्पर्धा भएको थियो ।

पहिलो चरणमा नरेन्द्र बहादुर सिंहले ३५८, भूमीराज बडुले ३४२, प्रदिप देउवाले २१४, नर बहादुर ढाँटले ९१, टेकराज ओझोले ३४ मत प्राप्त गरेका थिए । ५ प्रतिस्पर्धी मध्य जसले ५१ प्रतिशत मत ल्याउँछ उसको जित हुने बिधानमा उल्लेखित छ । यो मत परीणाममा कसैको पनि ५१ प्रतिशत नपुगेकोले पुनः मतदान भएको हो ।

१ हजार १ सय ७ जना मतदाता रहेको डोटीमा पहिलो चरणको मतदानमा जम्मा १ हजार ८७ मत खसेको थियो। जसमा ४८ मत बदर भएका थिए।
दोश्रो चरणको मतदानमा ९ सय ८७ मत खसेको निर्वाचन कमिटीले जनाएको छ । नरेन्द्र बहादुर सिंहले ५ सय ६८ मत ल्याएर विजयी भएका छन भने उनका प्रतिद्धन्दी भुमिराज बडुले ३ सय ९७ मत ल्याएर पराजित भएका छन । सिंह १ सय ७१ मतले विजयी भएका हुन ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा