सुदूरपश्चिममा कुन जिल्लामा कतिले लगाए खोप ?

news
news
December 15, 10:45

धनगढी,२९ मंसिर ।सुदूरपश्चिम प्रदेशमा हालसम्म १८ लाख ४५ हजार ३०२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।स्वास्थ्य मन्त्रालयको मङ्सिर २४ गतेसम्मको तथ्याङ्क अनुसार विभिन्न गतवर्षको माघदेखि हासम्म सो सङ्ख्यामा व्यक्तिले कोरोनाविरुद्धको खोप लगाएका हुन । अहिलेसम्म आठ लाख छ हजार ६४३ जनाले पूर्ण मात्रामा खोप लगाएका छन् ।

पूर्ण मात्रामा खोप लगाउनेको सङ्ख्या ४१ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ । यसैगरी, पहिलो डोज लगाउनको सङ्ख्या १० लाख ३८ हजार ६५९ अर्थात ५३ प्रतिशत रहेको जनाइएको छ ।

पहिलो मात्रा खोप लगाउनेको सङ्ख्याले राष्ट्रिय औसतलाई पार गरेको छ भने पूर्ण मात्रामा खोप लगाउनको सङ्ख्या राष्ट्रिय औसतभन्दा कम रहेको छ । यो प्रदेशमा १८ वर्ष उमेरभन्दा माथि उमेर समूहका १९ लाख ४८ हजार ३८८ जनालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य राखिएको थियो ।

१८ लाख ४५ हजार ३०२ जनालाई खोप लगाइएपछि अब एक लाख तीन हजार ८६ जनालाई कोरोनाविरुद्धको खोप लगाउन बाँकी रहेको छ ।सुदूरपश्चिम प्रदेशमा बाजुरामा पहिलो डोज ५० हजार ८११ र पूर्ण डोज ३५ हजार ७८७ गरी हालसम्म ८६ हजार ५९८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । यसैगरी, बझाङमा पहिलो डोज ५० हजार ५११ र पूर्ण डोज ५१ हजार ५४ गरी एक लाख एक हजार ५६५ जनाले खोप लगाइसकेका छन् ।

यस्तै, दार्चुलामा पहिलो डोज ६५ हजार ३६४ र पूर्ण डोज ६३ हजार ८७५ गरी एक लाख २९ हजार २३९ जनाले खोप लगाएका छन् । बैतडीमा ८८ हजार ९८२ जनाले पहिलो डोज र ७५ हजार ७९ जना पूर्ण डोज गरी एक लाख ६४ हजार ६१ जनाले खोप लगाइसकेका छन् । डडेल्धुरामा ४० हजार ५९३ जनाले पहिलो र ३७ हजार ३७४ जनाले पूर्ण मात्रा गरी ७७ हजार ९६७ जनाले खोप लगाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै डोटीमा ५६ हजार ६७३ जनाले पहिलो र ५३ हजार १२० जनाले पूर्ण डोज गरी एक लाख नौ हजार ७९३ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । अछाममा पहिलो मात्रा ७३ हजार ९०९ र पूर्ण मात्रा ६४ हजार १८४ जना गरी एक लाख ३८ हजार ९३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । 

कैलालीमा पहिलो मात्रा तीन लाख ४६ हजार १०५ र पूर्ण मात्रा दुई लाख ८८ हजार ९५३ गरी छ लाख ३५ हजार ५८ जनाले खोप लगाइसकेको मन्त्रालयले जनाएको छ । कञ्चनपुरमा पूर्ण मात्रा एक लाख ३७ हजार २१७ र पहिलो मात्रा दुई लाख २५ हजार ९९३ गरी तीन लाख ६३ हजार २१० जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । 

पुस ४ गतेदेखि प्रदेशका नौ वटै जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइने प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । कैलाली र डडेल्धुराका बालबालिकालाई फाइजर खोप दिइने जनाइएको छ । कञ्चनपुर, डोटी, अछाम, बझाङ, बाजुरा, बैतडी र दार्चुलाका बालबालिकालाई भने मोडर्ना खोप लगाइने मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताए ।  सुदूरपश्चिममा हाल ७७ जना सक्रिय संक्रमित रहेका छन् । 

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा