एक दिनमा ७ लाख कोरोना संक्रमित थप, ५ लाख निको

news
news
December 16, 10:51

काठमाण्डौं,१ पुष / विश्वभर करिब ७ लाख कोरोना संक्रमित थपिएका छन् ।ओल्डोमिटरको पछिल्लोविवरणअनुसार पछिल्लो २४ घण्टामा ६ लाख ९१ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यही अवधिमा ५ लाख २ हजार ४८३ जना कोरोनामुक्त भएका छन् भने ७ हजार ५३६ जना संक्रमितको मृत्यु भएको छ ।

थपिनेमा अमेरिकामा एक लाख २६ हजार १८२, बेलायतमा ७८ हजार ६१०, फ्रान्समा ६५ हजार ७१३ र जर्मनीमा ५५ हजार ६५० जना रहेका छन् । कोरोनाबाट निको हुनेमा पनि अमेरिकामा सबैभन्दा धेरै छन् । जहाँ एकै दिनमा ८५ हजार २५२ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी जर्मनीमा ६२ हजार ४००, बेलायतमा ४३ हजार ३९५, रुसमा ३५ हजार ६३३, फ्रान्समा ३३ हजार ३०६ र टर्कीमा २५ हजार २३९ जना रहेका छन् ।

अमेरिकामा पछिल्लो एकै दिनमा एक हजार ४७९ जना संक्रमितको मृत्यु भएको छ । रुसमा एक हजार १४२ जनाको मृत्यु हुँदा जर्मनीमा ५०९, ब्राजिलमा २२७, टर्कीमा १९३, बेलायतमा १६५ र फ्रान्समा १५१ जनाको ज्यान गएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा