डडेल्धुरा अस्पतालद्वारा थप १३५३ कर्मचारी दरबन्दी सिर्जना गर्न माग

news
news
December 16, 12:07

धनगढी,१ पुष / विशिष्ट विशेषज्ञ सेवासहितको संघीय अस्पतालको रुपमा स्तरोन्नती गरिएको डडेल्धुरा अस्पतालले सरकारलाई १ हजार ३ सय ५३ जना कर्मचारी दरबन्दी थप सिर्जना गर्न अनुरोध गरेको छ। ७ सदस्यीय संगठन संरचना एवम् दरबन्दी पुनरावलोकन कार्यदलले तयार गरेको प्रतिवेदनमा ५ सय बेड वा सो भन्दा बढी शय्याको अस्पताल सञ्चालन गर्नको लागि ठूलो संख्यामा थप नयाँ दरबन्दी स्वीकृतीका लागि अनुरोध गरेको हो। 

कार्यदलले सहायक स्तरको कर्मचारी देखि ११औं तहका निर्देशक मातहत हुने गरि अन्य प्रमुख कन्सल्टेन्टहरु र थप विशेषज्ञ जनशक्ति आवश्यकता रहेको विस्तृत विवरणसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पहलको लागि अनुरोध गरेको अस्पताल प्रमुख डा।चेतराज भट्टले बताएका छन्। ‘ओएमएन सर्भे गरेर कर्मचारी माग गरेर अनुरोध गरेको ८ दिन भयो। केही समय लाग्छ होला जबाफ आउन’ उनले  भने। 

वरिष्ट अस्पताल नर्सिङ प्रशासक हिरा कुमारी निरौलाको संयोजकत्वमा रहेको संगठन संरचना एवम् दरबन्दी पुनरावलोकन कार्यदलले भावी संगठनको विस्तृत अध्ययन तथा छलफल पश्चात ११औं तहको ३८ जना, ९र१० औं तहको १ सय १५ जना, ८औं तहका १ सय ३२ जना, ७र८ औं तहका ७३ जना, ४र५र६र७ औं तहका ९ सय ६६ जना प्राविधिक कर्मचारीको दरबन्दी र उपसचिव स्तरको कर्मचारीको प्रशासनिक नेतृत्वमा रहने गरी राजपत्राङ्कित द्वितिय श्रेणीसहित ४० जनाको प्रशासनिक दरबन्दीको प्रस्ताव गरेको कार्यदलका सदस्य प्रकाशचन्द्र बुढाऐरले बताए। 

हाल तत्कालिन उपक्षेत्रीय अस्पतालको संगठन संरचनामा श्रेणीविहिन कर्मचारीसहित १०९ जनाको दरबन्दी मात्रै रहेको छ। अस्पतालले सुदूरपश्चिमका पहाडी ७ जिल्लाको रिफरल केन्द्रको रुपमा सेवा प्रदान गर्नुपर्ने भएकाले स्वास्थ्य मन्त्रालयको स्वास्थ्य संस्था स्थापना, संंचालन तथा स्तरोन्नती मापदण्ड निर्देशिका २०७० र स्वास्थ्य संस्थाहरुको न्यूनतम सेवा मापदण्ड बमोजिम थप जनशक्ति माग गरिएको अस्पतालले जनाएको छ। 

डडेल्धुरामा चिकित्सा विज्ञान प्रतिष्ठान स्थापनार्थ केही समय अगाडी प्रारम्भिक अध्ययन टोलीले अध्ययन समेत गरेको थियो।  प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला भएकोले पनि यहाँका सरोकारवालाहरुले डडेल्धुरा अस्पताललाई चिकित्सा विज्ञान प्रतिष्ठान तथा मेडिकल कलेजको रुपमा अगाडी बढाउन ध्यानाकर्षण समेत गरिसकेका छन्।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा