डोटीमा शिक्षक माथी प्रहरीको दमन

एक
एक
December 24, 5:23

डोटी,९ पुष  /  डोटीमा दिपायल सिलगढी नगरपालिकामा बालविकास शिक्षक माथि प्रहरीले दमन गरेको छ । नगरपालिकामा तालाबन्दी गर्ने क्रममा प्रहरीले शिक्षकहरू माथि दमन गरेको थियोे ।

आर्थिक बर्ष २०७७- ०७८ को बजेट अनुसार स्थानीयतहहरूले उपलब्ध गराउनुपर्ने थप तलब रकम नगरेकोमा तालाबन्दी गर्ने उदेश्यले आन्दोलनमा उत्रिएका शिक्षकलाई तालाबन्दी गर्न प्रहरीबल लगाएर हस्तक्षेप गरेको आन्दोलनमा उपस्थित शिक्षकहरूले बताउनुभयो । डोटीका अन्य स्थानीय तहहरूमा बालविकास शिक्षकहरूको तलब वृद्धि गरिसकेको र दिपायल सिलगढी नगरपालिकामा हाल सम्म कुनै पनि सुनुवाइ नगरेको दिपायल सिलगढी नगरपालिका शिक्षक संघका अध्यक्ष पुष्कर साउदले बताएका छन् ।

प्रहरी परिचालन गरेर डराउने मनसायले नगरपालिकामा प्रहरी परिचालन गरेको उनको भनाइ छ । फोन गर्दा तपाईं आन्दोलन गर्नुहोस् केही हुनेवाला छैन भन्ने दिपायल सिलगढी नगरपालिका नगर प्रमुख मन्जु मलासिले धम्की दिएको नेपाल शिक्षक महासंघ डोटीका अध्यक्ष शकंर कठायतले बताउनुभयो ।

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम…
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव…
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा