एक बर्षको अवधीमा सुदूरपश्चिममा १ हजार बढीले गरे स्थायी बन्ध्याकरण

एक
एक
December 28, 5:57

धनगढी,१३ पुष  / सुदूरपश्चिम प्रदेशमा एक बर्षमा एक हजार बढीले स्थायी बन्ध्याकरण गरेका छन् । 

पछिल्लो सरकारी तथ्याङ्क अनुसार २०७७र२०७८ एक हजार ६६६ जनाले स्थायी बन्ध्याकरण गरेका हुन् । जसमा एक हजार ८० जना महिला छन् भने ५८६ पुरुष छन् । यसरी हेर्दा ६४।८ प्रतिशत महिला र ३५।२ प्रतिशत पुरुष छन् ।

प्रदेशमा स्थायी बन्ध्याकरण गराउने महिला नै बढी देखिएको छ । कुनै कुनै महिलाले परिवारको कमाउने मान्छे कमजोर हुन्छ भनेर आफैँले पनि स्थायी बन्ध्याकरण गराउने गरेको छ । परिवार कल्याण महाशाखाको २०७७र२०७८ को तथ्याङ्क अनुसार स्थायी बन्ध्याकरण गर्ने महिलाको सङ्ख्या पुरुषको तुलनामा झन्डै चार गुणाले बढिरहेको पाइएको छ ।

देशभर तीन वर्षमा ६४ हजार ७३६ जनाले स्थायी बन्ध्याकरण गराएका छन् । आर्थिक वर्ष २०७५र७६ मा २६ हजार ९९४, जना, २०७६र७७ मा २१ हजार ३५२ र २०७७र७८ मा १६ हजार ३९० जनाले स्थायी बन्ध्याकरण गराएको तथ्याङ्क छ ।आ।व २०७६र७७ मा स्थायी बन्ध्याकरण गराउनेको संख्या २०७५र७६को तुलनामा पाँच हजार ६४२ र २०७७र७८ मा २०७६र७७ तुलनामा चार हजार ९६२ ले घटेको देखाएको छ । 

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा