kagendra

डोटीमा चल्ला खरिद गर्न शिक्षालय प्रमुखको बार्गेनिङ (अडियो सहित)

एक
एक
December 31, 4:00

डोटी,१६ पुष /  सेती प्राविधिक शिक्षालय दिपायलका प्रमुख वीरेन्द्र बाबु यादवले कुखुराका चल्ला खरिदमा कमिसनका लागि बार्गेनिङ गरेको अडियो बाहिरीएको छ । उनले लम्किको एक ह्याचरीका बजार व्यवस्थापकसँग फोन गर्दै कमिसन मागेका हुन् ।

शिक्षालय प्रवेश गरे देखि उनि पटक–पटक विवादमा आउने गरेका छन् । फोन संवादमा केही महिना अघि कमिसन मागेको अडियो शिखर समाचारलाई प्राप्त भएको छ । फोन सम्वादमा उनले पटक–पटक कमिसन माग गरेका छन् । ४ मिनेटको फोन सम्वादमा उनले शिक्षालयमा ह्याचरी कम्पनीले पठाएको बिलका विषयमा शिक्षालयका सबै कर्मचारीले जानकारी पाइसकेकोले त्यहि बिलबाट अलिकति आफुलाई दिनुपर्ने माग गरेका छन् ।

उनले फोन सम्वादमा भनेका छन्,‘ बिल पठाउँदा शिक्षालय प्रमुखलाई फोन गर्नु पर्छ नी, हावाको तालमा विल पठाउने ,अलिकति राख्नु पथ्र्यो त ’ फोन सम्वादमा बजार व्यवस्थापले रेट बनाएर पठाउनुस् तपाईँलाई बच्ने गरेर बिल पठाई दिउँला भनेर जवाफ दिएका छन् । प्रतिउत्तरमा शिक्षालय प्रमुख यादवले भोलीका दिनमा अझै पाँच सय चल्ला चाहिने बताएका छन् । बिलका विषयमा अन्यलाई जानकारी भैसकेकोले त्यसैबाट कमिसन दिनुपर्ने भनि यादवले अडान राखेको प्रस्ट हुन्छ । फोन सम्वादको अन्त्यमा पनि यादवले बिलिङ अगाडी बढाई सकेकाले केही बोल्न नमिल्ने बताउँदै त्यसमा अलिकति मिलाउनु पर्ने बताएका न् ।

स्रोतका अनुसार शिक्षालयमा पेन्टिङ, मसलन्द, भवन निर्माण, पेट्रोलियम पदार्थ, गाडी मर्मत, विद्यार्थी भर्ना, विद्यार्थी परिचय पत्र र ड्रेसमा समेत आर्थिक अनियमितता भएको छ । शिक्षालयका कर्मचारीले नै आर्थिक पारदर्शिता हुनुपर्ने र अहिलेसम्मको हिसाव कितावका बारेमा छानविन हुनुपर्ने माग राखेका छन् ।खप्तड अनलाई लाई विद्यार्थी भर्ना, भवन निर्माणमा कमिसन खाएको स्रोत अडियो समेत प्राप्त भएको छ । यस विषयमा बुझ्न शिक्षालय प्रमुख यादवलाई पटक–पटक फोन, म्यासेज गर्दा फोन उठेन ।

चल्ला खरिद जस्तो सामान्य आर्थिक लेनदेनमा कमिसन माग गर्ने शिक्षालय प्रमुखले अन्य विषयमा पनि आर्थिक अनियमितता गरेको हुन सक्ने भएकाले छानविन हुनुपर्ने शिक्षालय स्रोत बताउँछ । 

suvkamna
suvkamna
suvkamna
Add
Add
Add
Dipayal silgadhi nagrpalika
Sain nepal
Sain nepal

सम्बन्धित वर्गका समाचारहरू

चाँदनी दोधारामा आइसिपी निर्माण गर्न डिपिआर तयार
 पाँच अर्ब ७५ करोड रुपियाँ लागतमा भारतको सहयोगमा कञ्चनपुरको चाँदनी दोधारामा एकीकृत भन्सार जाँच चौकी… विस्तृतमा
घाटमा सिसिटिभी क्यामेरा जडान
महेन्द्रनगर । भीमदत्त नगरपालिकाले महाकाली नदी तथा स्थानीय खोलाबाट नदीजन्य पदार्थ उत्खनन कार्य… विस्तृतमा
हिलाम्मे–धुलाम्मे सडक सफा गर्न करोडौँ खर्च
बैतडी । बैतडी जिल्लाका स्थानीय तहले ग्रामीण सडक सफा गर्न वार्षिक करोडौँ रुपियाँ खर्च गर्दै आइरहेका… विस्तृतमा
सेती प्रादेशिक अस्पतालमा सिकलसेलको जाँच निःशुल्क
धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालले सिकलसेल… विस्तृतमा