रेशम चौधरी गम्भीर बिरामी, साङ्लोमा बाँधेर अस्पतालमा उपचार

Resham Chaudhari
Resham Chaudhari
June 21, 6:33

कैलालीको टीकापुर घटनामा संलग्न भएको अभियोगमा जन्मकैद भोगिरहेका सांसद रेशम चौधरी गम्भीर बिरामी परेका छन्। डिल्ली बजार जेलमा जन्मकैदको सजाय भोगिरहेका सांसद बिरामी परेपछि वीर अस्पतालमा भर्ना गरिएको छ। 

वीर अस्पतालको शैय्यामा उपचाररत चौधरीको खुट्टामा नेल बाँधेर राखिएको छ। जेल प्रशासनले उनलाई भाग्न नदिन खुट्टामा नेल बाँधेर राखेको हो। उनलाई नेल बाँधिएको फोटो सामाजिक सञ्जालमा भाइरल भएसँगै पक्ष-विपक्षमा टिप्पणी सुरु भएको छ।

कतिपयले रेशम नरसंहरमा दोषी भएर कर्तव्य ज्यानमा सजाय भोगिरहेकाले नेल लाउनु अनौठो नभएको बताएका छन्। उनका समर्थकले भने निर्वाचित सांसदको खुट्टा नेल बाँधेर सरकारले जनमतको अपमान गरेको गुनासो गरेका छन्। 

लामो समयदेखि हाडजोर्नी सम्मबन्धी समस्या झेलिरहेका उनी १५ दिनदेखि वीर अस्पतालमा दैनिक थेरापी गरिरहेका थिए। तर पछिल्लो समय शरीर नै कुप्रो परेपछि उनलाई बिहीबार वीरको आकास्मिक कक्षमा भर्ना गरिएको हो। चौधरीको बोनम्यारोमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको उनका भाइ मिठूलाल चौधरीले बताए। हाल रेशमलाई वीरको पाँच नम्बर क्याबिनमा राखेर उपचार भइरहेको छ। २०७२ भदौ ७ गते टीकापुर सात प्रहरीसहित ८ जनाको हत्या भएको घटनामा कैलाली जिल्ला अदालतले रेशमलाई प्रमुख दोषी मानेको थियो।  उनी १५ महिनादेखि जेलमा छन्। कैलाली जिल्ला अदालतले सांसद रेशमसहित ११ जनालाई जन्मकैद फैसला गरेको थियो। चौधरीलाई जेलबाट नै सिंहदरबार संसद भवनमा लगेर सपथग्रहण गराइएको थियो । सपथ ग्रहणलगत्तै पुन: उनलाई जेल फिर्ता लगिएको थियो। चौधरीले कैलाली क्षेत्र नम्बर १ बाट ३४ हजार ३४१ मत ल्याएर चुनाव जितेका थिए।
 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा