डोटीमा पुष २७ देखि खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

news
news
January 04, 3:37

डोटी , २० पुष– डोटीमा एकलाख बढी पुरस्कार राशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । जिल्लाको शिखर नगरपालिका वडा नं. १० बानेडुग्रीसैन गहनानमा पुष २७ गते देखि प्रतियोगिता आयोजना हुने छ ।

गहनान सामुदायीक युवा क्लवको आयोजनामा हुने उक्त प्रतियोगिताको प्रथम पुरस्कार राशि ट्रफी, मेडल र प्रमाणपत्र सहित एक लाख ११ हजार १ सय ११ रुपैंया रहेको आयोजक संस्थाका अध्यक्ष योगेन्द्र रावतले जानकारी दिए । प्रतियोगितामा दोस्रो हुने टिमले ट्रफी, मेडल र प्रमाणपत्र सहित ५५ हजार ५ सय ५५ रुपैया र तेस्रो हुने टिमले ट्रफी, मेडल र प्रमाणपत्र सहित ३३ हजार ३ सय १३ रुपैंया प्राप्त गर्ने खेलकुद संयोजक राजेश ठगुन्नाले बताए ।

पाँच हजार टिम दर्ता शुल्क रहेको उक्त प्रतियोगिताका लागि पुष २१ गते देखि पुष २६ गते भित्र टिम दर्ता गराईसक्नु पर्ने छ । प्रतियोगितामा डोटी लगायत अन्य जिल्लाका खेलाडीहरु समेत सहभागि हुन पाउँने आयोजकले जनाएको छ । माघे संक्रान्तीको अवसर पारेर सो क्षेत्रमा प्रत्यक वर्ष प्रतियोगिता आयोजना हुने गर्दछ । कोरोना कहरका कारण रोकिएको खेलकुद गतिबिधिलाई निरन्तरता दिदै विगतका वर्षहरु जस्तै प्रतियोगिता आयोजना गरिन लागेको आयोजकले जनाएको छ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा