डोटी कांग्रेसकाे कार्यसमितिले पूर्णता पायो
डोटी,१० माघ / नेपाली कांग्रेस डोटी जिल्ला कार्यसमितिले पूर्णता पाएको छ । आईतबार पार्टी कार्यालयमा बसेको बैठकबाट कोषाध्यक्ष, सदस्य सहित आमन्त्रित सदस्यहरू मनोनित गरेर कार्यसमितिलाई पूर्णता दिइएको हो ।
कांग्रेसको विधान अनुसार जिल्ला कार्यसमिती सदस्यमा भूमिराज बडु, दीपक शाही, सुशील घर्ती र बिस्ना बमलाई मनोनित गरिएको कांग्रेस सचिव गणेश खड्काले जानकारी दिए । त्यस्तै कोषाध्यक्षमा प्रमिला परियारलाई मनोनित गरिएको छ।
आमन्त्रित जिल्ला कार्यसमिति सदस्यमा धन बहादुर सिंह, नर बहादुर बोहरा, पशुपति खड्का, जगत खड्का, खेमराज ओझा, चक्र बिक, लाल बहादुर महरा र खेम बमलाई मनोनित गरिएको छ ।
जिल्ला कार्यसमिति तथा कांग्रेस नेताहरुसँगको सल्लाह र नेपाली कांग्रेसको विधान अनुसार मनोनित गरिएको कांग्रेस सभापति नरेन्द्रबहादुर सिंहले बताए । उनले कार्यसमितिलाई पूर्णता दिए सँगै पार्टीका गतिविधिहरु तिब्र रुपमा अघि बढ्ने बताए ।
बैठकले बढ्दो कोरोना संक्रमण नियन्त्रण गर्न, कांग्रेसको पालिका नेतृत्वबाट सचेतना गर्न भूमिका निर्वाह गर्ने निर्णय भएको छ । तस्तै जिल्लामा आइसोलेसन, अस्पताल, औषधि लगायतको अवस्थामा विषयमा अनुगमन गर्ने, स्वएंसेवकको भूमिका निर्वाह गर्ने निर्णय भएको छ ।
साथै कांग्रेसको भातृ संगठन सञ्चालनका लागि पदाधिकारीलाई जिम्मा दिने र राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उमेदवारलाई मतदान गर्न अनुरोध गर्ने निर्णय भएको जिल्ला सचिव नारायण बलायारले बताए ।