डोटीमा एकल महिलाहरुका लागि स्थानीय सरकारले बजेट बिनीयोजित गर्नुपर्ने

news
news
February 03, 4:51

गणेश मौनी 
डोटी  २० माघ /
एकल महिलाहरुका लागि स्थानीय सरकारकाले आवश्यक बजेट बिनीयोजित गरी कार्यान्वयन गनुपर्ने एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । 

मानव अधिकारको लागि महिला एकल महिला समुह डोटीले बिहीबार जिल्ला सदरमुका सिलगढीमा आयोजना गरेको महिला सम्बन्धी काम गर्ने संघ संस्थाहरुसंगको त्रैमासीक अन्र्तक्रिया कार्यक्रमका सहभागिहरुले उत्त कुरामा जोड दिएका हुन । 

कार्यक्रममा बोल्दै गैरसरकारी सस्था महासघ डोटीका अध्यक्ष रघु बहादुर कठायतले गैरसरकारी संस्था भनेका सरकारका कार्यक्रमलाई सहयोग गर्ने सहयोगी निकाएहुन त्यसैले विभिन्न क्षेत्र, वर्ग र समुहका लागि आवश्यक बजेट स्थानीयतहले बिनीयोजन गरी कार्यान्वयन गर्नुपर्ने दायीत्व रहेको बताए ।  
उनले भने स्थानीय सरकारकाले विभिन्न समुह महिला, बालबालिका, युवा, एकल महिला, दलित जनजातीका लागि आवश्यक बजेट बिनीयोजन गरी कार्यान्वय गर्न आवश्यक रहेको समेत बताए । 

कार्यक्रममा बोल्दै महिला अधिकार मंचकी अध्यक्ष सिता बिकले स्थानीय सरकारले पनि एकल महिलाहरुलाई खासै हेर्न नसकेको गुनासो गरिन् । उनले भनीन स्थानीय सरकारले पनि एकल महिलाहरुका सवालमा ध्यान दिदै आवश्यक बजेको ब्यवस्थापन गनुपर्ने बताईन् । 

स्थानीय तहले बिनियोजित गर्ने बजेटमा लक्षीत बर्ग मुखी बजेट बिनियोजन गर्न नसकेको नेपाल राट्रिय दलित समाज कल्याण संघ डोटीका कार्यक्रम ब्यवस्थापक शंकर विश्वकर्माले गुनासो गरे । उनले भने स्थानीय तहले एकल महिला, हलिया, अपांग द्धन्दपीडीत जस्ता बर्गलाई लक्षित गरेर कार्यक्रम संचालन गर्न नसकेको बताए । 

मानव अधिकारको लागि महिला एकल महिला समुह डोटीले डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका र पुर्विचौकी गाउँपालिकामा सिमान्तकृत महिलाहरुको आवाज तथा सहभागिता परियोजना संचालन गरिरहेको जिल्ला परियोजना अधिकृत लक्ष्मीदेउवा बमले बताईन । उनले 
मानव अधिकारको लागि महिला एकल महिला समुह डोटीले डोटीको दिपायल सिलगढी नगरपालिका र पुर्विचौकी गाउँपालिकामा रहेका २९ जना एकल महिलाहरुलाई २० हजारका दरले बिउ पुजी र दुबै पालिकाका २० जना जनप्रतिनीधी महिलाहरुलाई ३० हजारमा दरले बिउ पुजी सहयोग गरी विभिन्न प्रकारका ब्यापार ब्यवसाय गरिरहेका समेत अधिकृत बलमे बताईन् । महिला हरुको आय आर्जमा सहयोग पुग्नुका साथै राजनिती क्षेत्रमा क्षमता अभिबृद्धी भई राजनितीमा पनि महिलाहरुको सहभागिता बृद्धी गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको समेत अधिकृत बमले बताईन् । 

डोटीको दिपायल सिलगढी नगरपालिकामा १ हजार १ सय ६५ जना र पुर्विचौकी गाउँपालिकामा १ हजार ६८ जना एकल महिला रहेका छन् । 
दुई वटा पालिकाको चालु आर्थिक वर्षको बजेट हेर्दा पुर्विचौकी गाउँपालिकाले ७  लाख र दिपायल सिलगढी नगरपालिकाका विभिन्न वडाले १ लाख ६० हजार रकम मात्र बिनीयोजन गरेको पाईएको छ । 

अन्र्तक्रिया कार्यक्रममा जिल्लामा महिला सम्बन्धी काम गर्ने विभिन्न संघ संस्थाहरुले गरेका गतिबीधीहरुको समिक्षा समेत गरिएको थियो । कार्यक्रममा जिल्लामा क्रियाशिल संघ संस्थाका प्रमुख प्रतिनीधी, नागरिक समाज, पत्रकार लगाएको सहभागिता रहेको थियो । 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा