सुदुरपश्चिममै पहिलो धनगढीमा खुल्यो कण्डम हाउस एण्ड सेक्स टोय शप

news
news
February 07, 4:47

धनगढी,२४ माघ ।  कैलालीको धनगढीमा ‘कण्डम हाउस एण्ड सेक्स टोय शप’ संञ्चालनमा आएको छ । विभिन्न सहरमा हरेक वर्ष कण्डम र सेक्स टोयको व्यापार बढ्दै गएपछि धनगढीकोे ट्राफिक चौराहा नजिक कण्डम हाउस एण्ड सेक्स टोय शप सञ्चालनमा आएको हो । आज एक कार्यक्रमकाबीच सो सपको उद्घाटन गरिएको छ । 

शपको सुन्दर सुदूरपश्चिमका अभियन्ता एवम् व्यवसायी गोपाल हमालले उद्घाटन गरे । सो अवसरमा शप सञ्चालक राजेश खतिवडाले कण्डमका विभिन्न भेराइटीहरुसंगै सेक्स टोयपनि उलब्ध रहेको बताए ।  ‘धनगढी कण्डम हाउस र सेक्स टोय शप सुदूरपश्चिम प्रदेशकै पहिलो हो’, उनले भने । 

सेक्सका कृत्रिम साधनहरु, भेजिना, फूलबडीदेखि महिलाहरुका लागि विभिन्न साइजका लिंग र भाइब्रेटर लिंगहरु कण्डम हाउस एण्ड सेक्स टोय शपमा पाइने सञ्चालक खतिवडाले बताए । उनले १५ लाख रुपैयाँ लागतमा कण्डम हाउस एण्ड सेक्स टोय शप सञ्चालनमा ल्याएको बताए ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा