डोटीमा २८ वर्ष पुरानो ४५ किलोको घण्ट चोरी

दुर्गा भगवतीको मन्दिर
दुर्गा भगवतीको मन्दिर
March 04, 9:15

डोटी २० फागुन  / डोटीको दिपायल सिलगढी नगरपालिका–३ दिपायल बासुधारामा रहेको दुर्गा भगवती मन्दिरमा चढाइएको २८ वर्ष पुरानो घण्ट चोरी भएको छ । 

दिपायल सिलगढी नगरपालिका–१ तिखा गाउँका स्थानीयवासी दत्तुसिंह खड्काले विसं २०५० सालमा चढाउनुभएको कम्तीमा पनि ४५ किलोको घण्ट चोरी भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख एवम् प्रहरी नायब निरीक्षक रुपसिंह थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यही फागुन १८ गते बुधवार राति मन्दिरको घण्ट चोरी भएको खबर आएको छ, खोजीका लागि प्रहरी टोली परिचालन गरेका छौँ, कसले र किन चोरको हो भन्ने यकिन गर्न सकिएको छैन ।’ 

मन्दिरमा चढाइएको घण्ट चोरी भएको घटना डोटीमा पहिलो पटक भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला बाहिरबाट सामान बिक्रीका लागि आउने व्यक्तिहरूले मन्दिरको घण्ट चोरेको हुनसक्ने स्थानीयवासीले अनुमान गरेका छन् । 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा