एक वर्ष देखि बिरामीले थलिएका गणेशका दुई बालबालिकालाई बासद्वारा सहयोग

बासद्वारा सहयोग
बासद्वारा सहयोग
March 07, 9:06

सरिता कठायत, 

फागुन २३, डोटी - 

डोटीको शिखर नगरपालिका वडा नम्बर १० बनलेकका गणेश भुलका दुई बालबालिकालाई बास नेपालले आर्थिक सहयोग गरेको छ । 

एक वर्ष देखि बिरामीले थलिएका हाल धनगढीमा उपचाररत गणेश भुलको आर्थिक अवस्था कमजोर भएका कारण बालबालिकालाई पढाई लेखाइमा सहजता होस भन्ने हेतुले बालबालिकालाई सहयोग गरिएको बास नेपालले जनाएको छ । 

लामो समयदेखि भारतमा रोजगार गरेर घर खर्च र साँझ बिहानको छाक टार्ने गरेका गणेश आज आफैँ रोगको सिकार भएका छन् । उनी भन्छन् मैले मेरो घर परिवारको लागि भए पनि बाच्नु पर्छ छोराछोरीलाई कसरी पढाउने लेखाउने चिन्तामा छु सबैलाई सहयोग गरिदिन समेत अपिल गर्छन् । बास नेपालले बालबालिकालाई गरेको सहयोग छोराछोरीको पढाई लेखाइमा खर्च गर्ने समेत गणेशले बताए ।  

सम्पत्तिको नाममा एउटा सानो घर मात्र छ साँझ बिहान अरूको काम गरेर छोराछोरी पाल्ने गरेको बताउछीन गणेशकी श्रीमती धना भुल । उनी भन्छन्  श्रीमान् बिरामीले थला पर्दा कसरी श्रीमानको उपचार गर्ने, कसरी छोराछोरीलाई पढाउने कसरी घर व्यवहार चलाउने साहै चिन्तित छु । छोराछोरीलाई पढाइलेखाई गर्न सक्ने अवस्था छैन । 

गणेशका ४ छोरी १ छोरा र श्रीमती छन् । उनकी जेठी छोरी विवाह गरेर आफ्नो घर गइसकेकी छन् त्यसपछि अन्य ३ छोरी र १ छोरा छन् । उनकी माहिली छोरी वर्ष १६ की सुनिता भुल अहिले स्थानीय बानेडुग्रा माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्छीन, साइँली छोरी वर्ष १३ की दिपा भुल कक्षा ६ मा पढ्छीन, काइँली छोरी वर्ष १३ की जानकी भुल कक्षा १ र कान्छो छोरा वर्ष ७ को विनोद भुल कक्षा १  साही विद्यालयमा पढिरहेका छन् । 

युनिसेफ नेपालको सहयोगमा बास नेपाल द्वारा सञ्चालित बाल संरक्षण कार्यक्रम अन्तर्गत जोखिममा रहेका बालबालिकाहरूलाई सहयोग गरेको बास नेपालका कार्यक्रम अधिकृत गणेश मौनीले बताए । स्थानीयको सहभागिता बास नेपालका कार्यक्रम अधिकृत मौनी घरमै पुगेर उक्त रकम बालबालिकालाई हस्तान्तरण गरेको थियो । बालबालिकाहरूलाई सहयोग रकम बापत जनही पाँच हजारका दरले दुई जना बालबालिकालाई दश हजार सहयोग गरिएको हो । बास नेपालले ४ जना मध्य दुई जनालाई सहयोग गरेको हो । 

केही दिन अगाडी गणेशको उपचार सुदूरपश्चिम प्रदेश सरकारले गर्ने प्रतिबद्धता जनाएको थियो । सोही बमोजिम सेती प्रादेशिक अस्पताल धनगढीमा अहिले उपचार भइरहेको पेटको अप्रेसन गर्नुपर्ने अवस्था रहको गणेशकी श्रीमतीले जानकारी दिएकी हुन् । बास नेपालले युनिसेफको सहयोगमा सुदूरपश्चिम र कर्णाली प्रदेशमा बाल संरक्षण कार्यक्रम, र जोखिमपूर्ण सञ्चार र सामुदायिक संलग्नता परियोजना संचाल गरिरहेको छ । 

 

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा