मेयर धनगढी प्याब्सन कप क्रिकेट प्रतियोगिताको तयारी पुरा 

मेयर धनगढी प्याब्सन कप क्रिकेट प्रतियोगिताको तयारी पुरा 
मेयर धनगढी प्याब्सन कप क्रिकेट प्रतियोगिताको तयारी पुरा 
March 10, 8:49

धनगढी, फागुन २६ – मेयर धनगढी प्याब्सन कप विद्यालय स्तरीय क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको छ । धनगढी प्याब्सनको आयोजनामा शुक्रवारदेखि सुरु हुने मेयर धनगढी प्याब्सन कप विद्यालय स्तरीय क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ । 
धनगढी प्याब्सन कपको विजेताले एक लाख एक हजार एक सय ११ रुपैंया र उपविजेताले ५१ हजार एक सय ११ रुपैंया प्राप्त गर्ने प्रतियोगिताका संयोजक कलेन्द्र शाहीले जानकारी दिए । उनका अनुसार व्यक्तिगत विधा तर्फ उत्कृष्ट खेलाडीले १० हजार रुपैंया, ब्याट्सम्यान, बलर र उदयमान खेलाडीले समान पाँच हजार रुपैंया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ दी म्याचले एक हजार रुपैंया पाउनेछ । 
‘विद्यालयस्तरबाटै क्रिकेट खेलाडीको प्रतिभा उजागर गर्नका लागि धनगढी उपमहानगरपालिका भित्रका निजि तथा सामुदायिक विद्यायलयका टीमहरु बिच प्रतियोगिता आयोजना गर्न लागिएको हो ।’ प्रतियोगिता संयोजक शाहीले भने–‘ ‘धनगढीमा क्रिकेटको चहलपहल बढाउने, यहाँका क्रिकेट खेलप्रति उत्प्रेरित गराउने, सुदुरपश्चिमलाई खेलको माध्यमबाट देशभर चिनाउने उद्देश्य सहित प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । प्रतियोगितालाई विद्यालय स्तरीय उत्कृष्ट प्रतियोगिताका रुपमा स्थापित गर्ने मुख्य उद्देश्य रहेको छ ।’ 
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, समाजका लागि खेलकुद भन्ने मूल नाराका साथ खेलकूदलाई विकास गर्दै आईरहेको धनगढी उपमहानगरपालिकाले यस प्रतियोगिता प्रबद्र्धन गरेको आयोजकले जनाएको छ ।  संयोजक शाहीले भने–‘विद्यालयस्तरबाटै योग्य खेलाडी उत्पादन गर्ने अभिप्रायले यो प्रतियोगिता विगत वर्षदेखि सञ्चालन भइरहेको छ । विद्यालयहरुमा लुकेर रहेका क्रिकेट प्रतिभाहरुलाई विकास गर्न प्रतियोगिताले सक्दो प्रयास गर्दै आइरहेको छ ।’ 

धनगढीको संघीय प्रहरी कार्यालयको मैदानमा हुने प्रतियोगितामा धनगढी नगर क्षेत्रका २० वटा निजि र सामुदायिक विद्यालयहरुको सहभागीता रहने भएको छ । सहभागी विद्यालयहरुमा एररिस्टो इङ्लिस बोर्डिङ्ग हाई स्कुल, सारदा विद्या निकेतन, ग्यालक्सी हाई स्कुल, त्रिनगर माध्यमिक स्कुल, ओक्सफोड युनिभर्सल रिडेक्स हाई स्कुल, धनगढी मोडेल टेक्निकल स्कुल, ग्ली एकेडेमी स्कुल, लिट्ल फ्लावर बोर्डिङ्ग हाई स्कुल, द गार्डनर इङ्लिस बोर्डिङ्ग स्कुल रहेका छन् । 

यस्तै, शारदा माध्यमिक स्कुल, कैलाली मोडेल एकेडेमी स्कुल, ऐश्वर्य विद्या निकेतन धनगढी, वेष्टन क्रिष्टल एकेडेमी, ज्योती इङ्लिस बोर्डिङ्ग स्कुल, कैलाली विद्या निकेतन, फारवेष्ट इङ्लिस बोर्डिङ्ग स्कुल, स्टेपिङ्ग स्टोन इङ्लिस बोर्डिङ्ग स्कुल, थ्री स्टार बोर्डिङ्ग स्कुल, ब्राइट वे पब्लिक स्कुल र पञ्चोदय माध्यमिक विद्यालयले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगितामा प्रथम पुरस्कार मेघा पब्लिकेशन प्रा.लि. काठमाण्डौंले प्रायोजक गरेको छ भने दोस्रो पुरस्कारको प्रायोजन धनगढीमा रहेको इमेज होटेलले गरेको छ । यस्तै प्रतियोगिता अवधिभर हरेक खेलको म्यान अफ द म्याच धनगढीमा रहेको जेम्स एकेडेमीले प्रायोजन गरेको छ भने सर्वोत्कृष्ट खेलाडीको पुरस्कार धनगढीमा रहेको थ्री स्टार बोडिङ्ग स्कुलले प्रायोजन गरेको छ । वेष्ट बलर र उदयमान खेलाडी पुरस्कार गुरुकुल एकेडेमी, वेष्टव्याट्स म्यानको प्रायोजन मयूर इङ्लिस बोडिङ्ग स्कुलले गरेको छ । यस प्रतियोगितामा मुख्य प्रायोजक धनगढी उप–महानगरपालिका रहेको छ । 
 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा