धनगढीमा भोलीबाट बालबालिकालाई टाइफाइड बिरुद्धको खोप लगाइने

April 05, 4:56

धनगढी, २२ चैत । धनगढीमा भोली(बुधबार)बाट बालबालिकालाई टाइफाइड बिरुद्धको खोप लगाइने भएको छ । धनगढीका ५७ हजार बालबालिकालाई टाइफाइड बिरुद्धको खोप लगाइने भएको छ । नगरका १९ वटै वडामा रहेका ५७ हजार ७ सय ८२ बालबालिकालाई टाइफाइड बिरुद्धको खोप लगाइने भएको हो ।

धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण बहादुर बोहराले भोली (बुधबार)बाट अभियानकै रुपमा टाइफाइड बिरुद्धको खोप लगाइने बताए ।प्रमुख बोहराका अनुसार १५ महिना देखि ५ बर्ष सम्मका ६ हजार ५ सय ११ र नगरमा रहेका १ सय ७४ बिद्यालयका ५ बर्ष देखि १५ बर्ष उमेर शमुहका ५१ हजार २ सय ७१ जनालाई खोप लगाईने बताए ।

नजीकिदै गरेको स्थानिय तहको निर्वाचनका कारण खोप अभियान प्रभाबित हुन सक्ने भएकाले भोली अर्थात चैत्र २३ गतेबाट सुरु गरेर बैशाख २ गते सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।

१५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकाहरूलाई लगाइने खोप अभियानका लागि ८६ स्वास्थ्यकर्मी र ३ सय ३० स्वयंसेवक पनि परिचालन गरिने जनाइएको छ ।अभियानका लागि १ सय ३२ खोप केन्द्र तोकिएका छन । खोप केन्द्र विद्यालय, स्वास्थ्यचौकीमा राखिएका छन ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा