मेरो पालिका बनाउँछु : उपाध्याय
डोटी २४ बैशाख
पुवीचौकी गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार राम प्रसाद उपाध्यायले सामुदायिक रेडियो शैलेश्वरी एफ।एमको स्थानिय तह निर्वाचन बिशेष बहस मुलक कार्याक्रममा उपाध्यायले मेरो पालिकालाई म समृद्धि तर्फ लैजान्छु बताएका हुन ।
तापईको गाउँपालिका लाई कसरी समृद्धि गर्नु हुन्छ ?
भन्ने प्रश्नमा उपाध्यायले मेरो गाउँपालिकामा भ्रष्टाचार शून्य बनाएर समृद्धि तर्फ लैजान्छु , अहिलेको स्थानिय सरकारले गाउँपालिकामा भ्रष्टाचार मैलाएको थियो । यो भ्रष्टाचारलाई न्यूनियकरण गर्नका लागी आफु कटिबद्ध भएर लाग्ने बताएका छन ।
तपाई संग स्थानिय सरकारले भ्रष्टाचार गरेको के प्रमाण छ र?
भन्ने प्रश्नमा उपाध्यायले भने म संग प्रष्ट प्रमाणहरु छन । बेला बखत आएमा सबैलाई भ्रष्टाचारको प्रमाणका लागी अख्तीयार दुरउपयोग अनुन्धान आयोगमामा मुद्धाको च्याङ लागेको देखाउन सक्ने बताएका छन ।
तपाईको लाई पार्टीले फेरी किन टिकट दियो र तपाई आफुले जित्ने आधार के छ र ?
भन्ने प्रश्नमा उपाध्यायले भने, मलाई मेरो पार्टीले बिश्वास गरेर टिकट दिएको छ । म पार्टीका लागी कहिले पछि हटेन् र अब मेरो पालिकाबाट मलाई जिताउने जिम्मा मेरा पालिका बासीले लिएको छ । किन भनेम मेरो पालिकाका जनताका लागी दिनरात नभनी खटिएको छु । म विजयी भएर आए पछि जनताको सेवक भएर काम गर्छु ।