ओलीको हातमा सत्ता दिए देश पुनः दुर्घटनामा जान्छ : सभापति बलायर

May 08, 9:03

डोटी २५ बैशाख   /  नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीर बहादुर बलायरले ओलीकोे हातमा सत्ता परे देश पुनः दुर्घटनामा जाने बताए । आइतवार पूर्वीचौकी गाउँपालिकामा आयोजीत चुनावी सभालाई सम्बोधन गर्दै उनले मतदाता सचेत नभए देश फेरी पनि दुर्घटनामा जाने बताएका हुन् ।

केपी ओली नेतृत्वको सरकारले दुई पटक संविधान बन्धक बनाएर देशलाई दुर्घटनामा धकेलेको स्मरण गराउँदै उनले फेरी पनि ओली नेतृत्वको एमाले पार्टीलाई भोट हाले देश पुनः दुर्घटनामा जाने बताए । ओली र उनी नेतृत्वको पार्टीका कारण मुलुक, संविधान र जनता असुरक्षित रहेको बताउँदै बलायरले एमालेलाई भोट दिए पुरानै दुर्दशा फर्किने बताए ।

पछिल्ला चार वर्षमा देशलाई अन्धकारमा धकेलेका कम्युनिष्टहरुले चुनाव आउँदा पुनः झुटा आश्वासन बाड्न थालेको आरोप लगाउँदै सभापति बलायरले यस्ता प्रबृतीबाट जनता सचेत र सतर्क रहनुपर्ने बताए । कम्युनिष्ट नेतृत्वको स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार व्यवस्था सञ्चालनमा पुर्णरुपमा फेल भएको र अन्तमा कांग्रेसले देश सम्हाल्नु परेको बताए ।

कम्युनिष्ट नेतृत्वको पालीका देखि केन्द्र सम्मको सरकार भ्रष्टाचार, व्यथिति, कार्यकर्ता र नातावादमा डुबेको जनताले स्पष्ट देखेको भोगेकोले यो देशमा कांग्रेसको विकल्प नरहेको जनताले राम्रोसँग बुझेको उनले बताए । उनले सरकार र सत्तामा हुँदा भ्रष्टाचार गरेर राज्यको ढुकुटी रित्याएर देशलाई संकटमा पारेको कम्युनिष्ट पार्टी र तिनका नेताहरु झुटको खेती गर्दै भोट मागिरहेकाले सचेत रहन आग्रह गरे । कांग्रेसले जिल्लाका सबै पालिकाहरुमा चुनाव जित्ने देखेपछि ‘कम्युनिष्टका नेताहरु अत्तालिएर विभिन्न झुट्टा आश्वासन बाँडेर मतदातालाई प्रभावित पार्ने कोसिस गरिरहेका छन्,‘सभापति बलायरले भने,‘ तिनिहरुसँग वित पाँच वर्षको हिसाव किताव माग्नुहोस् भोट माग्न छाडेर कुलेलाम ठोक्छन् ।’

कांग्रेस सत्तामा आएपछि कम्युनिष्टका खातापाता र करतुतहरु बाहिर आउँछनन् भनेर उनिहरु अत्तालिएका छन् ,‘उनले भने,‘जनताले लोभ, प्रलोभन, डरधाक र झुटा आश्वासनका पछि नलागेर रुख चिन्हमा गोप्य मतदान गरौं । देश बनाउँने भनेकै कांग्रेसले हो । ढुक्क भएर मतदान गर्नुहोस् ।’

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा