धनगढी सुपर लिगको खेल तालिका सार्वजनिक

May 17, 6:33

धनगढी ३ बैशाख । क्लब स्तरीय क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ को खेल तालिका सार्वजनिक भएको छ ।

लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि. धनगढीले खेल तालिका सार्वजनिक गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको खेलमैदानमा सञ्चालन हुने प्रतियोगिता जेठ ६ गतेबाट १४ गतेसम्म हुनेछ ।

सार्वजनिक खेल तालिका अनुसार पहिलो दिन दुई खेल हुनेछन्।

पहिलो खेलमा लिटल फ्लावर क्रिकेट क्लब र धनगढी क्रिकेट एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ ।

दोस्रो खेलमा बुङगल क्रिकेट क्लब र कैलाली जिल्ला क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुनेछ ।  

प्रतियोगितामा देशका विभिन्न ६ वटा क्लबहरू बुङगल क्रिकेट क्लब बझाङ, देउखुरी वारियर्स दाङ, धनगढी क्रिकेट एकेडेमी धनगढी कैलाली, महेन्द्रनगर क्रिकेट एकेडेमी महेन्द्रनगर कञ्चनपुर, लिटल फ्लावर क्रिकेट क्लब धनगढी कैलाली र कैलाली जिल्ला क्रिकेट क्लब धनगढी कैलालीको सहभागिता रहनेछ ।

टी–ट्वान्टी फर्म्याटमा सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद २ लाख उपविजेताले १ लाख नगद तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान तथा उदयमान खेलाडीले ७ हजार ५ सय नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रत्येक खेलको म्यान अफ द म्याचलाई  नगद २ हजार पाँच सय ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

सम्बन्धित वर्गका समाचारहरू

एलपिएल ८ मा सहभागी हुने १६ टिमको टुङ्गो  
धनगढी / लिटल फ्लावर प्रीमियर लिग (एलपिएल ८) सिनियर टी २० क्रीकेट प्रतियोगितामा सहभागी हुने १६ टिमको… विस्तृतमा
लिटल फ्लावर प्रीमियर लिग मार्फत क्रीकेटमा फर्किदै ललित,…
आगामी मंसिरदेखी धनगढीमा हुने लिटिल फ्लावर प्रिमियर लिगका लागि शुक्लाफाँटा नगरपालिकाको कृष्णसार… विस्तृतमा
धनगढी क्रीकेट क्लबलाई १ सय ८० रनकाे लक्ष
धनगढी,६ जेठ / धनगढी सुपर लिगकाे पहिलाे खेलमा लिटल फ्लावर क्रीकेट क्लबले धनगढी क्रीकेट क्लबलाई १ सय… विस्तृतमा
धनगढी सुपर लिगकाे पहिलाे अर्ध सतक नरेन्र्द भट्टकाे नाममा
धनगढी ६ जेठ / धनगढी सुपर लिगकाे पहिलाे अर्ध सतक नेरेन्र्द  भट्टले बनाएका छ । धनगढी सुपर लिगकाे… विस्तृतमा