लिटल फ्लावर प्रीमियर लिग मार्फत क्रीकेटमा फर्किदै ललित, शुक्लाफाटा ब्ल्याक बक्सको कप्तान नियुक्त

September 11, 7:45

गामी मंसिरदेखी धनगढीमा हुने लिटिल फ्लावर प्रिमियर लिगका लागि शुक्लाफाँटा नगरपालिकाको कृष्णसार फाउण्डेशनले टिम घोषणा गरेको छ ।

ललित सिंह भण्डारीको कप्तानीमा आठौँ संस्करणको प्रिमियर लिग खेल्ने टोली घोषणा गरिएको हो। टोलिमा कैलाश ऐर,सुरज तिरुवा,विशाल ऐर,अशोक विष्ट,रोशन साउँद,प्रेम तामाङ्ग छन् ।

अन्य खेलाडीहरु छनौट गर्न बाँकी रहेको टिम म्यानेजर सरोज ऐरले बताए । कृष्णसार फाउण्डेशन पहिलो पटक प्रिमियर लिग खेल्न लागेको हो । सडक दुर्घटनामा घाइते भएका राष्ट्रिय क्रिकेट भण्डारी अहिले पुन: खेल क्षेत्रमा आगमन भएका हुन् ।

शुक्लाफाँटामा खेलकुद क्षेत्रका लागि पूर्वाधार,प्रशिक्षण,प्रशिक्षक नहुँदा समेत खेलाडीहरुले आफ्नो अथक प्रयासबाट प्रिमियर लिग खेल्न लागेको टिम म्यानेजर ऐरले बताए । क्रिकेट खेलाडीहरु काठमाडौँ संगै भारतमा प्रशिक्षण गरिरहेका छन् । 

सम्बन्धित वर्गका समाचारहरू

एलपिएल ८ मा सहभागी हुने १६ टिमको टुङ्गो  
धनगढी / लिटल फ्लावर प्रीमियर लिग (एलपिएल ८) सिनियर टी २० क्रीकेट प्रतियोगितामा सहभागी हुने १६ टिमको… विस्तृतमा
धनगढी क्रीकेट क्लबलाई १ सय ८० रनकाे लक्ष
धनगढी,६ जेठ / धनगढी सुपर लिगकाे पहिलाे खेलमा लिटल फ्लावर क्रीकेट क्लबले धनगढी क्रीकेट क्लबलाई १ सय… विस्तृतमा
धनगढी सुपर लिगकाे पहिलाे अर्ध सतक नरेन्र्द भट्टकाे…
धनगढी ६ जेठ / धनगढी सुपर लिगकाे पहिलाे अर्ध सतक नेरेन्र्द  भट्टले बनाएका छ । धनगढी सुपर लिगकाे… विस्तृतमा
धनगढी सुपर लिगको खेल तालिका सार्वजनिक
धनगढी ३ बैशाख । क्लब स्तरीय क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ को खेल तालिका सार्वजनिक भएको छ ।… विस्तृतमा