धनगढी सुपर लिग : लिटल फ्लावर र बुङगल क्रीकेट क्लबको विजयी सुरुवात 

धनगढी सुपर लिग : लिटल फ्लावर र बुङगल क्रीकेट क्लबको विजयी सुरुवात 
धनगढी सुपर लिग : लिटल फ्लावर र बुङगल क्रीकेट क्लबको विजयी सुरुवात 
May 20, 7:34

धनगढी ६ जेठ - कैलालीको धनगढीमा शुक्रवारबाट सुरु भएको राष्ट्रिय टी–२० क्लब क्रीकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ मा आयोजक लिटल फ्लावर क्रीकेट क्लब र बझाङको बुङगल क्रीकेट क्लबले विजयी सुरुवात गरेका छन् । धनगढी स्थित प्रदेश प्रहरीको खेल मैदानमा शुक्रवारबाट सुरु भएको प्रतियोगितामा लिटल फ्लावरले धनगढी क्रीकेट एकेडेमी र बुङगल क्रीकेट क्लबले कैलाली जिल्ला क्रिकेट क्लबलाई पराजित गर्दै सुखद सुरुवात गरेका हुन् । 

शुक्रबार भएको उद्घाटन खेलमा लिटल फ्लावर क्रीकेट क्लबले धनगढी क्रीकेट एकेडेमीलाई २२ रनले पराजित गर्‍यो । टस हारेर ब्याटिङको निम्तो पाएको लिटल फ्लावरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७९ रन बनायो । १ सय ८० रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको धनगढी क्रीकेट एकेडेमीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन मात्रै बनाउन सक्यो । उसका राजु रिजालले ४८ बलमा ९ चौका र ३ छक्का सहित ७७ रनको उत्कृष्ट पारी खेले पनि त्यो जितका लागि पर्याप्त हुन सकेन । रिजाल बाहेक टिमका अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो बन्न नसक्दा डीसीएले हार बेहोरेको हो । बलिङ तर्फ लिटल फ्लावरका कुशल रुपाखेती र अनुप कुँवरले ३/३ तथा कृष्ण कार्कीले २ विकेट लिए । 

त्यस अघि टस हारेर ब्याटिङ थालेको लिटल फ्लावरका नरेन भट्टले ४० बलमा ८ चौका र २ छक्काको मद्दतले ६३ रनको सानदार पारी खेले । लिटल फ्लावरका लागि अभिषेक पालले २८ बलमा ४४ रन बनाए । बलिङ तर्फ डीसीएका अभिष कोइराला, हिक्मत बोहरा र अरुण ऐरीले समान २/२ तथा भोजराज भट्टले १ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच लिटल फ्लावरका नरेन चुनिए । उनले नगद २ हजार ५ सयसहित ट्रफी र मेडल प्राप्त गरे । 

शुक्रबार भएको दोस्रो खेलमा बुङगल क्रीकेट क्लबले कैलाली जिल्ला क्रिकेट क्लबलाई ८० रनले पराजित गर्दै सानदार सुरुवात गरेको छ । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको बुङगल क्रीकेट क्लबले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय रनको विशाल योगफल तयार पार्‍यो । २ सय १ रनको विशाल विजयी लक्ष्य पछ्याएको कैलाली जिल्ला क्रीकेट क्लब १५.४ ओभरमा आफ्ना सबै विकेट गुमाएर १ सय २० रनमै समेटियो । उसका लागि दीपक टमाटाले ३५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन सम्झन लायक बन्न सकेन । बलिङ तर्फ बुङगलका आकाश चन्दले ४, लोकेन्द्र चन्द, आदित्य महता र मिलन बोहराले समान २/२ विकेट लिए । 

त्यस अघि बुङगललाई विशाल योगफल तर्फ अघि बढाउन किरण कुमार ठगुन्नाले २२ बलमा ५८ र प्रकाश पाण्डेले ३६ बलमा ५२ रनको सम्झन लायक पारी खेले । उसका सन्दीप विष्टले ३६ र लोकेन्द्र चन्दले २० रन बनाए । बलिङ तर्फ कैलाली जिल्ला क्रीकेट क्लबका बलरहरू महँगा साबित भए । खेलको प्लेयर अफ दी म्याच ६ छक्का र ३ चौकाको मद्दतले ५८ रनको सानदार परी खेलेका किरण चुनिए । 

लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि. धनगढीको आयोजनामा प्रतियोगिता जेठ १४ गतेसम्म सञ्चालन हुने अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद २ लाख उपविजेताले १ लाख तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान तथा उदीयमान खेलाडीले ७ हजार ५ सय नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

विद्यालय स्तरीय राष्ट्रिय क्रीकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगसमेत आयोजना गर्दै आएको लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सले यहाँको खेल क्षेत्रलाई थप चलायमान बनाउनुपर्छ भनेर राष्ट्रिय स्तरका खेलाडी समावेश हुने प्रतियोगिता सुरुवात गरेको शाहीको भनाई छ । प्रतियोगितामा देशका विभिन्न ६ वटा क्लबहरू बुङगल क्रिकेट क्लब बझाङ, देउखुरी वारियर्स दाङ, धनगढी क्रिकेट एकेडेमी धनगढी कैलाली, महेन्द्रनगर क्रिकेट एकेडेमी महेन्द्रनगर कञ्चनपुर, लिटल फ्लावर क्रिकेट क्लब धनगढी कैलाली र कैलाली जिल्ला क्रिकेट क्लब धनगढी कैलालीको सहभागिता रहको धनगढी सुपर लिगका संयोजक वीरेन्द्र वडले जानकारी दिए ।

प्रतियोगिताका प्रायोजकहरूमा सपोर्टेड वाइ लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी कैलाली,  हस्पिटालिटी पार्टनर होटेल डिभोटी धनगढी कैलाली, मोबाइल पार्टनर भीभो मोबाइल, पब्लिकेशन पार्टनर ओसन पब्लिकेशन प्रा.लि. काठमाण्डौं, हायर एजुकेसन पार्टनर द टाइम्स इन्टरनेशनल कलेज डिल्लीबजार काठमाण्डौं, डेब्लभमेन्ट पार्टनर वर्ल्ड भिजन इन्टरनेस्नल (नेपाली जुटौँ बाल विवाह रोकौँ) र बाल कल्याण सङ्घ कैलाली, डिजिटल लर्निङ पार्टनर निमा एकेडेमी काठमाण्डौं, हस्पिटल पार्टनर नवजीवन अस्पताल धनगढी कैलाली, अब्रोड स्टडी पार्टनर एक्सपर्ट एजुकेसन भिजा सर्भिसेज धनगढी कैलाली, स्टेशनरी पार्टनर दहाल पुस्तक पसल, इन्टरनेट पार्टनर भायानेट धनगढी कैलाली,  स्कुल युनिफर्म पार्टनर चौलानी स्कुल युनिफर्म धनगढी कैलाली, कम्युनिकेसन पार्टनर नेपाल टेलिकम, वेभरेज पार्टनर ३६५ डेज भोड्का र सह प्रायोजक चैतन्य पाठशाला धनगढी कैलाली रहेको छ । 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा