धनगढी सुपर लिग : बलर चम्किँदा महेन्द्रनगर क्रीकेट एकेडेमीको जित 

प्लेयर अफ दी म्याच राहुल भण्डारी
प्लेयर अफ दी म्याच राहुल भण्डारी
May 21, 12:21

धनगढी - कैलालीको धनगढीमा जारी टी–२० क्लब क्रीकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ मा बलरहरू चम्किँदा महेन्द्रनगर क्रीकेट एकेडेमीले पहिलो जित दर्ता गरेको छ । धनगढी क्रीकेट एकेडेमीलाई २९ रनले पराजित गर्दै महेन्द्रनगरले पहिलो जित निकालेको हो । धनगढी क्रीकेट एकेडेमीको भने यो लगातार दोस्रो हार हो । 

धनगढी स्थित प्रदेश प्रहरीको खेल मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको महेन्द्रनगरले १६.३ ओभरमा आफ्ना सबै विकेट गुमाएर १ सय १३ रन मात्रै बनाउन सक्यो । १ सय १४ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको धनगढी क्रीकेट एकेडेमीले महेन्द्रनगरका बलर सामु २० ओभर पुरै खेल्दा पनि ८४ रन मात्रै बनाउन सक्यो । उसका लागि राजु रिजालले ३१ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो रहन सकेन । डीसीएलाई सस्तैमा समेट्न बलिङ तर्फ महेन्द्रनगरका राहुल भण्डारीले ४ ओभर बलिङ गर्दै २६ रन खर्चिएर ४ विकेट लिए । हेमन्त धामीले २ विकेट लिए । 

त्यस अघि धनगढी क्रीकेट एकेडेमीका बलर हिक्मत महराले कसिलो बलिङ गर्दा महेन्द्रनगर १ सय १३ रनमै समेटिएको थियो । उसका लागि आयुष्मान् बमले २५ र हेमन्त धामीले २२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन सम्झन लायक बनेन । बलिङ तर्फ हेमन्तले ४ ओभर बलिङ गर्दै १ मेडन ओभरसहित १८ रन खर्चिएर महत्त्वपूर्ण ६ विकेट लिए । 

खेलको प्लेयर अफ दी म्याच राहुल भण्डारी चुनिए । 

आजै दोश्रो खेलमा लिटल फ्लावर र कैलाली जिल्ला क्रीकेट क्लब प्रतिस्पर्धा गर्दै छन् । 

 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा