डीएसएलमा दीपक बोहराको उत्कृष्ट बलिङ : ४ ओभरमा १ मेडनसहित ८ रन, ५ विकेट  

डीएसएलमा दीपक बोहराको उत्कृष्ट बलिङ : ४ ओभरमा १ मेडनसहित ८ रन, ५ विकेट  
डीएसएलमा दीपक बोहराको उत्कृष्ट बलिङ : ४ ओभरमा १ मेडनसहित ८ रन, ५ विकेट  
May 25, 10:19

धनगढी ११ जेठ -

धनगढी सुपर लिगमा छैटौँ दिनको खेल जारी रहँदा दीपक बोहरा उत्कृष्ट लयमा देखिएका छन् । लिटल फ्लावर क्रीकेट क्लबबाट खेलिरहेका बोहराले देउखुरी वारियर्स क्रीकेट क्लब दाङ विरुद्धको खेलमा उत्कृष्ट बलिङ गरेका हुन् । बुधवारको पहिलो खेलमा पावर प्लेमै देउखुरीका ५ महत्त्वपूर्ण ब्याट्सम्यानलाई आउट गर्दै लिटल फ्लावरलाई उनले उत्कृष्ट सुरुवात दिलाए ।  

धनगढी स्थित प्रदेश प्रहरीको खेलमैदानमा जारी प्रतियोगितामा देउखुरी वारियर्सले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । खेलको पहिलो ओभर १ रनमा विकेट विहीन रहँदा दोस्रो ओभरमा आएका बोहराले प्रज्वल थापालाई १ र देउखुरीका कप्तान विशाल विक्रम केसीलाई ४ रनमा बोल्ड आउट गरे । त्यसपछि चौथो ओभरमा आएका बोहराले वसन्त सिंह कार्कीलाई शून्य रनमा बोल्ड गरिदिए । उनैले व्यक्तिगत अन्तिम र खेलको छैटौँ ओभरमा विराट भण्डारीलाई १ रनमा बोल्ड आउट र नारायण जोशीलाई शून्य रनमै क्याच आउट गराउँदै उत्कृष्ट सुरुवात दिलाएका हुन् । उसका कौशल रुपाखेतीले ३ र प्रकाश जैसी तथा सन्दीप खत्रीले १/१ विकेट लिए । 

लिटल फ्लावरको उत्कृष्ट बलिङ पछि देउखुरी १५.२ ओभरमा ६० रनमै अल आउट हुन पुगेको छ । ६१ रनको विजयी लक्ष्य पछ्याएर उसले जवाफी ब्याटिङ थालेको छ । 

 

 

  

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा