धनगढी सुपर लिग : लिटल फ्लावर र महेन्द्रनगर क्रीकेट क्लब फाइनलमा

लिटल फ्लावर र महेन्द्रनगर क्रीकेट क्लब फाइनलमा
लिटल फ्लावर र महेन्द्रनगर क्रीकेट क्लब फाइनलमा
May 27, 1:32

धनगढी १३ जेठ -

महेन्द्रनगर क्रीकेट क्लब धनगढी सुपर लिगको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार लिग चरणको अन्तिम खेलमा देउखुरी वारियर्स क्रीकेट क्लबलाई ७९ रनले पराजित गर्दै महेन्द्रनगर फाइनल प्रवेश गरेको हो । 

कैलालीको धनगढी स्थित प्रदेश प्रहरीको खेल मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको महेन्द्रनगर क्रीकेट क्लबले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएर मैदान उत्रिएको देउखुरीले १७.३ ओभरमा आफ्ना सबै विकेट गुमाएर ८४ रन मात्रै बनाउन सक्यो । उसका वसन्त सिंह कार्कीले १७, दिवान पुनले अविजित १५ र विशाल विक्रम केसीले १५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन सम्झन लायक बन्न सकेन । बलिङ तर्फ महेन्द्रनगरका विपिन धामीले ३, राहुल भण्डारी र सन्तोष भट्टले समान २÷२ विकेट लिए ।   

त्यस अघि महेन्द्रनगरका लागि सुशील खड्का र विशाल ऐरले समान ३९÷३९ रन बनाए । उसका दिलीप नाथले २१ र कप्तान सन्दीप जोराले १५ रन बनाए । बलिङ तर्फ देउखुरीका दिवान पुनले ३ तथा दिनेश अधिकारी र प्रतिस जिसीले समान २÷२ तथा अनिल खरेलले १ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच सुशील खड्का घोषित भए । 

शुक्रवारको जितसँगै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको महेन्द्रनगरले अब उपाधिका लागि लिटल फ्लावरको सामना गर्ने छ । लिटल फ्लावर यस अघि नै फाइनल प्रवेश गरिसकेको छ । 

फागुन ६ गतेबाट सुरु भएको टी–२० क्लब क्रीकेट प्रतियोगिताको फाइनल खेल शनिवार दिउसो २ बजे हुने आयोजक लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि. धनगढीका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए । उक्त खेलको विजेताले नगद २ लाख, उपविजेताले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान तथा उदीयमान खेलाडीले ७ हजार ५ सय नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

विद्यालय स्तरीय राष्ट्रिय क्रीकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगसमेत आयोजना गर्दै आएको लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सले यहाँको खेल क्षेत्रलाई थप चलायमान बनाउनुपर्छ भनेर राष्ट्रिय स्तरका खेलाडी समावेश हुने प्रतियोगिता सञ्चालन गरेको शाहीको भनाई छ । प्रतियोगितामा देशका विभिन्न ६ वटा क्लबहरू बुङगल क्रिकेट क्लब बझाङ, देउखुरी वारियर्स दाङ, धनगढी क्रिकेट एकेडेमी धनगढी कैलाली, महेन्द्रनगर क्रिकेट एकेडेमी महेन्द्रनगर कञ्चनपुर, लिटल फ्लावर क्रिकेट क्लब धनगढी कैलाली र कैलाली जिल्ला क्रिकेट क्लब धनगढी कैलालीको सहभागिता रहको धनगढी सुपर लिगका संयोजक वीरेन्द्र वडले जानकारी दिए ।

प्रतियोगिताका प्रायोजकहरूमा सपोर्टेड वाइ लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी कैलाली,  हस्पिटालिटी पार्टनर होटेल डिभोटी धनगढी कैलाली, मोबाइल पार्टनर भीभो मोबाइल, पब्लिकेशन पार्टनर ओसन पब्लिकेशन प्रा.लि. काठमाण्डौं, हायर एजुकेसन पार्टनर द टाइम्स इन्टरनेशनल कलेज डिल्लीबजार काठमाण्डौं, डेब्लभमेन्ट पार्टनर वर्ल्ड भिजन इन्टरनेस्नल (नेपाली जुटौँ बाल विवाह रोकौँ) र बाल कल्याण सङ्घ कैलाली, डिजिटल लर्निङ पार्टनर निमा एकेडेमी काठमाण्डौं, हस्पिटल पार्टनर नवजीवन अस्पताल धनगढी कैलाली, अब्रोड स्टडी पार्टनर एक्सपर्ट एजुकेसन भिजा सर्भिसेज धनगढी कैलाली, स्टेशनरी पार्टनर दहाल पुस्तक पसल, इन्टरनेट पार्टनर भायानेट धनगढी कैलाली,  स्कुल युनिफर्म पार्टनर चौलानी स्कुल युनिफर्म धनगढी कैलाली, कम्युनिकेसन पार्टनर नेपाल टेलिकम, वेभरेज पार्टनर ३६५ डेज भोड्का र सह प्रायोजक चैतन्य पाठशाला धनगढी कैलाली रहेको छ ।

 

 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा