पानी दिवसमा ग्राहकलाई प्रतियुनिट पाँच रुपैयाँ छुट

June 05, 9:39

जेठ २२ डोटी - पानी दिवसका अवसरमा ग्राहकलाई प्रती युनियन पाँच रुपैयाँ  छुट दिने  घोषण गरिएको छ।  राष्ट्रिय पानी दिवसमा 
अवसरमा सिलगढी खानेपानी उपभोक्ता तथा सरसफाई समिति डोटीले छुट गर्ने घोषणा गरेको हो।   खानेपानी उपभोक्ता तथा सरसफाई समितिले आफ्ना ग्राहकहरुलाई मध्यनजर गर्दै  छुट गरिएको समितिका अध्यक्ष जगत बहादुर खड्काले जानकारी दिए । रास्ट्रिय पानी दिवस तथा बाताबरण दिवस अवसरमा नाचन्थलीदेखि शैलेश्वरी मन्दीर परिसरसम्म बजार सफाई गरी दिवस मनाईएको छ।

दिवसका अवसरमा आयोजित कार्यक्रमलाई बोल्दै दिपायल सिलगढी नगरपालिका नगर प्रमूख बाजी सिं खड्का `बिजय´ले खानेपानी व्यवस्थापनका लागि नगरपालिकाले सक्दो काम गर्ने प्रतिबद्धता जनाए ।

पानी मानव जिवनका लागी अतिआवश्यक भएको बताउदै पानीको श्रोतको मुहान संरक्षण र सरसफाईका साथै निर्माणधिन गैरागाउँ–सिलगढी बृहत खानेपानी योजनालाई  छिटो पूरा गर्ने बताए ।
त्यस्तै दिपायल सिलगढी नगरपालिका उप–प्रमूख कल्पना साउँदले दिवसका अवसरमा खानेपानी मानव जिवनका लागी महत्वपूर्ण रहेको बताउदै सबैको घर घरमा खानेपानी सहजताका लागि लाग्ने बताईन् ।
यसै गरी दिपायल सिलगढी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष नरेश मलासीले स्वच्छ खानेपानी पिउनाले मानिसमा झण्डै ८० प्रतिशत रोगहरु नलाग्ने अध्ययनले देखाएको हुँदा सबैले यसमा ध्यान दिनुपर्नेमा उनले जोड दिए ।
खानेपानी उपभोक्ता तथा सरसफाई समिति अन्तर्गत ८ सय पैतिस उपभोक्ताहरु रहेका छ्न् ।
सरसफाइ कार्यक्रममा नेपाल प्रहरी , जनप्रतिनिधि , पत्रकार ,उपभोक्ता समितिका कर्मचारी लगायतको उपस्तिथि रहेको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा