सुदूरपश्चिम प्रदेश भलिबल सङ्घको उपाध्यक्षमा शाही

September 14, 5:51

धनगढी – सुदूरपश्चिम प्रदेश भलिबल सङ्घको उपाध्यक्षमा रामचन्द्र शाही मनोनीत भएका छन् । सङ्घले हिजो कार्यसमिति उपाध्यक्षमा शाहीलाई मनोनीत गरेको हो । प्रदेश भलिबाल सङ्घका अध्यक्ष देवराज भट्टले उहाँलाई आज मनोनीत गरेको पत्र हस्तान्तरण गर्नु भएको हो । 
प्रदेश उपाध्यक्ष पदमा मनोनीत गरेपछि खुसी व्यक्त गर्दै शाहीले सुदूरपश्चिमको खेल क्षेत्र उत्थानका लागि थप जिम्मेवारी प्राप्त भएको भन्दै कार्यसमिति र प्रदेशको भलिबललाई उचाइमा पुर्‍याउन काम गर्ने बताउनु भयो । ग्रास रुट क्रिकेटलाई बलियो बनाउने राष्ट्रिय अभियान थाल्नु भएका शाहीले अब भलिबल क्षेत्रको पनि उत्थानमा कटिबद्ध भएर लाग्ने बताउनु भयो । 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा