यूएईविरुद्ध धनगढीका अर्जुनको सानदार ब्याटिङ, डेब्यूमै अर्धशतक

यूएईविरुद्ध धनगढीका अर्जुनको सानदार ब्याटिङ, डेब्यूमै अर्धशतक
यूएईविरुद्ध धनगढीका अर्जुनको सानदार ब्याटिङ, डेब्यूमै अर्धशतक
November 14, 6:16

काठमाडौंमा जारी यूएईविरुद्धको पहिला एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा धनगढीका अर्जुन साउँदले सानदार ब्याटिङ गरेका छन् । युवा विकेटकिपर ब्याट्सम्यान अर्जुनले यसै खेलमार्फत सिनियर टोलीमा डेब्यू गरेका हुन् । कीर्तिपुर मैदानमा यूएईले दिएको २६४ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि अर्जुनले ५१ रनको अर्धशतकीय पारी खेलेका हुन् । 

उनले २९.२ ओभरमा आयान खानको बलमा १ रन लिदैँ आफ्नो अर्धशतक प्रहार गरेका थिए । लगत्तै अर्को ओभरमा रोहन मुस्तफाले उनलाई बोल्ड पारेका थिए । अर्जुनले ८९ बलमा ५ चौका प्रहार गरे । 

अर्जुनले यसअघि नै नेपालको लागि टि–२० अन्तर्राष्ट्रिय खेलमा भने केन्याविरुद्ध गत अगष्टमा डेब्यू गरिसकेका छन् । त्यसबेला अर्जुनले तीन खेल खेल्दा ७० रन बनाएका थिए ।यसैवर्षदेखि उनी त्रिभुवन आर्मी क्लबबाट घरेलु क्रिकेट खेल्दै आएका छन् । त्यसअघि सुदूरपश्चिमबाट लगातार राम्रो प्रदर्शन गर्दै गएपछि उनलाई आर्मीले टोलीमा अनुबन्ध गरेको हो । 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा