एलपिएलको सातौँ संस्करण माघमा

एलपिएलको सातौँ संस्करण माघमा गरिने, क्यानको तालिकासँग मिति जुधेपछि प्रतियोगिता सारियो 
एलपिएलको सातौँ संस्करण माघमा गरिने, क्यानको तालिकासँग मिति जुधेपछि प्रतियोगिता सारियो 
November 18, 2:08

धनगढी - यस अघि मङ्सिरमा आयोजना गर्ने गरी तयारी थालिएको विद्यालय स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको सातौँ संस्करणको मिति सारिएको छ । आयोजकले प्रतियोगिता केही पर सारिएको जानकारी दिएको छ ।  

सातौँ संस्करण मङ्सिर १० देखि २२ गते सम्म आयोजना गर्ने कार्यतालिका यस अघि तय भएको थियो । ‘सोही समयमा नेपाल क्रीकेट सङ्घ (क्यानले) आयोजना गर्ने यु–१९ पुरुष क्रीकेट प्रतियोगिता समेत पर्न गएको तथा आयोजकलाई पर्न गएको प्राविधिक कठिनाइले निर्धारित मितिमै प्रतियोगिता सञ्चालन गर्न असम्भव भएकोले अन्तिम पटकको लागि नयाँ मिति सार्वजनिक गरेका छौँ,’ आयोजकले विज्ञप्ति मार्फत भनेको छ, ‘हामीले अब लिटल फ्लावर प्रीमियर लिगको सातौँ संस्करण २०७९ माघ २१ गते देखि २०७९ फागुन ६ गते सम्म धनगढीको प्रदेश प्रहरी कार्यालयको खेलमैदानमा आयोजना गर्ने ब्यहोरा हार्दिक रूपमा जानकारी गराइन्छ।’ विज्ञप्तिमा भनिएको छ, ‘नयाँ निर्धारण गरिएको मितिमा जुनसुकै हालतमा पनि प्रतियोगिता सम्पन्न गर्ने समेत प्रतिबद्धता व्यक्त गर्दै देशमा विद्यमान विषम परिस्थितिमा सबै क्रीकेटप्रेमी महानुभावहरू,सम्पूर्ण क्रीकेट खेलाडीहरू, प्राविधिक टिम , क्रीकेट सङ्ग सम्बन्धित  सरोकारवाला निकाय, सहयोगी तथा प्रायोजक लगायत आम खेलप्रेमीज्युहरुमा आफ्नो तर्फबाट सक्दो सहयोगको लागि  विनम्र अनुरोध गर्दछौँ।’                                    

NT-APP-AD

सम्बन्धित वर्गका समाचारहरू

यूएईविरुद्ध धनगढीका अर्जुनको सानदार ब्याटिङ, डेब्यूमै अर्धशतक
काठमाडौंमा जारी यूएईविरुद्धको पहिला एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा धनगढीका अर्जुन साउँदले सानदार… विस्तृतमा
खेलाडीको प्रोत्साहनका लागि आदर्श–१ का वडाध्यक्ष खड्काले ३० हजार…
डोटी - डोटीको आदर्श गाउँपालिका–१ का वडाध्यक्ष भरतबहादुर खड्काले भलिबल खेलाडीलाई आर्थिक सहयोग गर्ने… विस्तृतमा
सुदूरपश्चिम प्रदेश भलिबल सङ्घको उपाध्यक्षमा शाही
धनगढी – सुदूरपश्चिम प्रदेश भलिबल सङ्घको उपाध्यक्षमा रामचन्द्र शाही मनोनीत भएका छन् । सङ्घले हिजो… विस्तृतमा
एलपीएलको टिकेटिङ्ग पार्टनर आईएमई डिजिटल सोलुसन
धनगढी - कैलालीको धनगढीमा आगामी कार्तिकमा सञ्चालन हुने विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट… विस्तृतमा