एलपीएल : अत्तरियाको लोटस आई र होली फेमिली स्कुल महेन्द्रनगर विजयी 

एलपीएल : अत्तरियाको लिटल आई र होली फेमिली स्कुल महेन्द्रनगर विजयी 
एलपीएल : अत्तरियाको लिटल आई र होली फेमिली स्कुल महेन्द्रनगर विजयी 
February 08, 6:21

धनगढी - 

कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) अन्तर्गत पाँचौँ दिन सम्पन्न दुई वटा खेलमा लोटस आई स्कुल अत्तरिया र होली फेमिली स्कुल महेन्द्रनगर विजयी भएका छन् । 

दिनको पहिलो खेलमा लोटस आई स्कुल अत्तरियाले शारदा विद्या निकेतन तारानगरलाई ७७ रनले पराजित गर्‍यो । 

लोटसले दिएको १८२ रनको लक्ष्य पछ्याएको शारदा निकेतनले १८.१ ओभरमा १०५ रनमा सबै विकेट गुमायो । 

लोटस आईको बलिङमा देब्रे हाते स्पिनर नरेन साउदले ४ विकेट लिए । प्लेयर अफ द म्याच घोषित साउदले ४ ओभरमा २ मेडन ओभर राख्दै १७ रन खर्चिए । सन्तोष बिजलीले २ तथा वीरेन्द्र नाथ र सुरेश रिजालले १/१ विकेट लिए। 

यस अघि टस जितेर ब्याटिङ गरेको लोटस आईले निर्धारित २० ओभरमा ५ विकेट क्षतिमा १८१ रन बनायो । 

लोटस आईको लागि योगेश भाटले सर्वाधिक ३८ रन बनाए भने आयुब चन्दले ३४, लक्की कडायत र नरेन साउदले समान २६ प्रदीप चन्दले २२ रन बनाए । पाँचौँ विकेटको लागि योगेश र नरेनले ६ ओभरमा ७४ रनको साझेदारी गरे । शारदा निकेतनका बलर नागराज सिंह, अशोक धामी, दीपक रोकाया र राजेन्द्र साउदले १र१ विकेट लिए । 

दिनको दोस्रो खेलमा होली फेमिली स्कुल महेन्द्रनगरले नव बल बाटिका स्कुल कैलालीलाई ३ विकेटले पराजित गर्‍यो ।

नव बल बाटिकाले दिएको ११६ रनको लक्ष्य होली फेमिलीले ७ विकेट गुमाएर १८.३ ओभरमा भेटायो । 

होली फेमिलीको ब्याटिङमा राहुल भण्डारीले सर्वाधिक २६ रन बनाए भने बिरेन बम र अरुण रानाले समान २३ रन बनाए । यु(१९ राष्ट्रिय क्रिकेटर समेत रहेका नव बल बाटिका स्कुलका बलर प्रकाश जैसीले ४ विकेट लिएता पनि जितको लागि पर्याप्त रहेन । 

यस अघि टस जितेर ब्याटिङ गरेको नव बाल बाटिकाले निर्धारित २० ओभरमा ७ विकेट क्षतिमा ११५ रन बनायो। उसको लागि रौनक श्रीवास्तवले सर्वाधिक २९ रन बनाए। यस्तै विराट सिंह भण्डारीले २१, रिजन थापाले १३ तथा गजेन्द्र बोहराले १२ रन बनाए । 

होली फेमिलीका बलर प्रेम ठकुराठीले ३ विकेट लिए जुन क्रममा ४ ओभरमा १५ रन खर्चिए। नेहाल दमाई, बिरेन बम, राहुल भण्डारी र सन्तोष बिस्टले १र१ विकेट लिए ।

लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा लिटल फ्लावरका बोर्डिङ हाई स्कुल धनगढी कैलाली, श्री होली फेमली इ. मिडियम स्कुल भीमदत्तनगर कञ्चनपुर, शारदा विद्या निकेतन धनगढी, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली, नव बाल वाटिका विद्यामन्दिर बौनियाँ कैलाली, भुवनेश्वरी विद्यामन्दिर गड्डाचौकी कञ्चनपुर, वेष्टन क्रिष्टल एकेडेमी धनगढी, गुराँस एकेडेमी अत्तरिया कैलाली, सत्यवती एकेडेमी अत्तरिया कैलाली र लोटस आइ इ। सेकेन्डरी स्कुल अत्तरिया सहभागी छन् । 

फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०÷१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक विद्यालयले आफ्नो टिममा ४ जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन् । 

विद्यालयमा लुकेर रहेका क्रिकेट खेलाडीहरूलाई बढीभन्दा बढी खेल एक्सपोजर दिन तथा उमेर समूहको क्रिकेटलाई विकास गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गर्न लागेको आयोजकको भनाई छ । 

प्रतियोगिता धनगढी उपमहानगरपालिका धनगढी संरक्षक, लिटल फ्लावरका बोर्डिङ हाई स्कुल धनगढी प्रायोजक, वर्ल्ड भिजन इन्टरनेसनल नेपाल ९नेपाली जुटौँ, बाल विवाह रोकौँ० अवेरनेस पार्टनर, आइएमइ पे प्लेयर अफ द म्याच प्रायोजक रहेको छ । त्यस्तै डिजिटल लर्निंग पार्टनरमा निमा एकेडेमी, हायर एजुकेसन पार्टनर टाइम्स इन्टरनेशनल कलेज डिल्लीबजार काठमाडौँ, कम्युनिकेसन पार्टनर नेपाल टेलिकम, सह प्रायोजक हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज काठमाडौँ, रनर अप प्रायोजकमा गुरुकुल एकेडेमी उत्तरबेहडी धनगढी रहेको छ । 

त्यस्तै अफिसियल गेट प्रायोजकमा धनगढी वाल पेपर सप्लायर्स एण्ड होम डेकोर, पब्लीकेशन पार्टनर ओशन पब्लीकेशन प्रालि, हस्पिटालीटि पार्टनर इमेज होटेल प्रा।ली धनगढी, सर्टिङ एण्ड सुटिङ पार्टनर गुरुजी सर्टिङ एण्ड सुटिङ धनगढी, प्लेयर अफ दी टुर्नामेण्ट प्रायोजक मालिकार्जुन हार्डवेयर प्रा।लि। अत्तरिया रहेको छ । 

त्यस्तै सहप्रायोजकहरुमा निष्ट फाउन्डेसन काठमाडौँ, के। आई। सिंह गाउँपालिका डोटी, हस्पिटल पार्टनर निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर धनगढी, स्किन केयर पार्टनर धनगढी स्किन केयर एण्ड एस्थेस्टिक सेन्टर धनगढी, सहप्रायोजकहरुमा  चैतन्य पाठशाला धनगढी, जय मंगलम् सिमेन्ट प्राली  युवा समाजसेवी विनोद शाही हाल अमेरिका, दाहाल पुस्तक पसल धनगढी, होटेल जियान हस्पिटालिटी धनगढी, उच्चाकोटी आर।एम।सी धनगढी , डिस्कभरि बोर्डिङ स्कुल धनगढी,सानभी बुक्स एण्ड स्टेशनरी धनगढी रहेका छन् । 

वेस्ट बलर प्रायोजक वरिष्ठ युवा  समाजसेवी जयन्ती थापा हाल अमेरिका एजुकेसन  कन्सल्टेन्सी पार्टनर एस। आ। जी।नेपाल काठमाडौँ, वेस्ट ब्याट्सम्यान प्रायोजक विद्या भूषण पब्लिक स्कुल मोहनपुर कैलाली ,सह प्रायोजक नवजीवन हस्पिटल धनगढी, समाज सेवी अर्जुनराज जोशी ९हाल कोरिया०, कामिक्षा देवी डेरी धनगढी र  विशेष अटो मोटिभ्स९हिरो० धनगढी कैलाली रहेका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा