एलपीएलको सेमिफाइनल समीकरण पुरा, नव बालबाटिका बौनिया पनि अन्तिम चारमा 

एलपीएलको सेमिफाइनल समीकरण पुरा, नव बालबाटिका बौनिया पनि अन्तिम चारमा 
एलपीएलको सेमिफाइनल समीकरण पुरा, नव बालबाटिका बौनिया पनि अन्तिम चारमा 
February 13, 4:09

 

धनगढी -

कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को सेमिफाइनल समीकरण पुरा भएको छ । सोमबार कैलालीको बौनियामा रहेको नव बालबाटिका विद्या मन्दिरले अत्तरियाको गुराँस एकेडेमीलाई पराजित गरेसँगै एलपीएलको अन्तिम चारमा पुग्ने ४ टोलीको टुङ्गो लागेको हो । जारी संस्करणमा अपराजित रहेको डिफेन्डिङ च्याम्पियन सत्यवती एकेडेमी, लोटस आई स्कुल अत्तरिया र लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी यस अघि नै अन्तिम चारमा पुगिसेका टोली हुन् । 

सोमबार अन्तिम चारका लागि भएको निर्णायक खेलमा नव बाल बालबाटिकाले गुराँस एकेडेमीलाई ७३ रनले पराजित गर्दै सेमिफाइनलको यात्रा पक्का गरेको हो । 

धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको बालबाटिकाले २० ओभर खेल्दै ७ विकेट गुमाएर १ सय ४१ रन बनायो । १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको गुराँसले १४.१ ओभरमा आफ्ना सबै विकेट गुमाएर ६८ रन मात्रै बनाउन सक्यो । उसका सचिन साउदले २० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नव बाल बाटिकाका बलर नर बहादुर सार्कीले ह्याट्रिक सहित ४ विकेट लिए । उनले इनिङ्सको तेह्रौँ ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा लगातार विकेट लिँदै ह्याट्रिक पुरा गरेका थिए । गजेन्द्र बोहराले ३ तथा प्रकाश जैसीले २ विकेट लिए । 

त्यस अघि बालबाटिकालाई प्रवेश साउद र विराट सिंह भण्डारीले समान २९ रनको योगदान दिए । प्रकाश जैसीले २५ तथा गजेन्द्र बोहराले २० रन बनाए । गुराँसको बलिङमा सचिन साउदले ३ तथा प्रकाश रोकायाले २ विकेट लिए ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा