एलपीएलमा लिग चरणका खेल सम्पन्न, सैनिक स्कुलको सान्त्वना जित 

LPL
LPL
February 14, 4:00

धनगढी – 

कैलालीका धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) मा लिग चरणका खेल सम्पन्न भएका छन् । मङ्लबार लिग चरणको अन्तिम खेलमा सैनिक आवासीय महाविद्यालय तेघरीले शारदा विद्या निकेतन धनगढी विरुद्ध सान्त्वना जित दर्ता गरेको छ । 

धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा सैनिकले दिएको १२५ रनको लक्ष्य पछ्याएको शारदाले २० ओभर ब्याटिङ गर्दै ७ विकेट क्षतीमा ११६ रन बनायो ।  

शारदाको ब्याटिङमा ओपनर हृदय बिठारीले सर्वाधिक ३६ रन बनाए । गोविन्द बिस्टले १६ तथा कृष्ण भट्टले १५ रन बनाए । 

सैनिकका बलर सागर चन्द र रवीन्द्र कार्कीले २/२ विकेट तथा सुनिल चन्द, निशान्त भट्ट र सन्दीप बिस्टले १÷१ विकेट लिए। 

यस अघि टस जितेर ब्याटिङ गरेको सैनिकले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२४ रन बनायो । 

सैनिकका ओपनिंग ब्याटर सन्दीप बिस्टले सर्वाधिक ५९ रन बनाए जुन क्रममा उनले ४५ बलमा ८ चौका प्रहार गरे । उनी प्लेयर अफ द म्याच घोषित भए । विशाल ऐरले २३ रन बनाए । 

शारदाको बलिङतर्फ नाग राज सिंह, अशोक धामी र आयुष खड्काले २/२ विकेट लिए । 

प्रतियोगिता अन्तर्गत दुवै सेमिफाइनल खेल बिहीबार हुनेछन् । पहिलो सेमिफाइनलमा लिटल फ्लावर स्कुल धनगढी र लोटस आई स्कुल अत्तरियाबिच तथा दोस्रो सेमिफाइनलमा सत्यवती एकेडेमी अत्तरिया र नव बाल बाटिका बौनियाबिच हुनेछ। फाइनल खेल शनिवार हुने छ । 

फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०र१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा