बिरामीको मृत्युपछि धनगढीको स्वस्तिक अस्पताल क्षेत्र तनाव, आफन्तद्धारा चक्काजाम

August 28, 4:39

धनगढी,११ भदौ। धनगढीको स्वस्तिक अस्पतालमा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्त आक्रोशित बनेका छन्।

कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ५६ वर्षीय ऐजनलाल चौधरीको दुबै मृगौलामा पत्थरीको अप्रेसनको क्रममा मृत्यु भएको थियो। मृगौलाको शल्यक्रिया गरेर १४ एमएम र साढे नौ एमएमको पत्थरी निकालिएको भए पनि शल्यक्रियामा गरिएको त्रुटिले बिरामीको ज्यान गएको भन्दै आफन्त आक्रोसित बनेका हुन्।

मृतकका आफन्तले सो अस्पताल सडक क्षेत्रमा चक्काजाम गराएका छन् ।आफन्तले सडक बन्द गराएका छन् ।उनीहरुले धनगढीको शहीद गेटमा सडकमा अवरोध सिर्जना गर्दै सवारीसाधन चल्न दिएका छैनन् । यस्तै घटनाको बारेमा स्वस्तिक अस्पताल प्रशासन र मृतकका आफन्तबिच भएको वार्ता बिना निष्कर्ष टुंगिएको छ। घटनाको सत्यतथ्य सार्वजनिक, उपचारमा संलग्न चिकित्सकलाई कारबाही र उचित क्षतिपूर्तिको मागबारे मृतकका आफन्त र अस्पतालबिच छलफल भएपनी वार्ता बिना निष्कर्ष टुंगिएको हो । एक जनालाई रोजगारी र काजक्रिया खर्च बाहेक अरु दिन नसक्ने अडान लिएपछि आफूहरुको मागप्रति अस्पताल प्रशासन गम्भीर नदेखिएकाले वार्ता निष्कर्षविहीन बनेको मृतकका आफन्त रामु कुश्मीले बताए । 

वार्ता निष्कर्षविहीन बनेपछि अस्पतालविरुद्ध आफन्तले प्रदर्शन सुरु गरेका छन्।आफन्तले अस्पतालमा तालाबन्दीको प्रयास समेत गरेका छन्। अस्पतालमा बिहानैदेखि सुरक्षा सतर्कता बढाइएको छ। उपचारको क्रममा चिकित्सकले उनको बायाँ किड्नी झिकेपछि अत्यधिक रक्तश्रावले मृत्यु भएको अस्पतालले जनाएको छ। ऐजनलालको डाक्टर जोनस तिवारीको लापरवाहीका कारण उपचारका क्रममै ९ गते दिउँसो २ बजे मृत्यु भैसकेको मृतक चौधरीका छोरा बुद्धिराम चौधरीले बताए। उनले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिदै अप्रेशन कोठामा लगेको २ दिन हुन लाग्दा समेत बिरामी बुवासग भेट्न नदिएको र लापरवाहीले बुवाको मृत्यु भएको बताए । धनगढीको स्वस्तिक अस्पतालमा सुरक्षा बढाइएको छ । अस्पतालमा सुरक्षा बढाइएको हो ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा