पन्ध्र घर पहिरोको जोखिममा

August 29, 8:37

अछाम, १२  भदौ । घरमाथिबाट पहिरो खस्न थालेपछि मङ्गलसेन नगरपालिका–८, सुतुडमा १५ घरपरिवार उच्च जोखिममा परेका छन् । मङ्गलसेन–जुपु–रामारोशन सडकमुनितिर रहेका घरपरिवार पहिरोको जोखिममा रहेका बताइएको छ । 

घरभन्दा माथिबाट पहिरो झर्न थालेपछि स्थानीय मीनबहादुर बोहरा, प्रेमबहादुर बोहरा र चेतमान बोहराका घरपरिवार भने आफन्तकहाँ सरेको स्थानीय नयनबहादुर बोहराले जानकारी दिए । घरभन्दा माथिबाट पहिरो आएर घर पुरिने समस्यासँगै अन्य घरपरिवार पनि त्रासमा छन् । 

पहिरोपीडितले समयमै पहिरोबाट बचाउने उपायका लागि सम्बन्धित निकायलाई अनुरोध गरेका छन् । सडकमाथिबाट पहिरो झर्न थालेकाले टोल नै जोखिममा रहेको वडाध्यक्ष ज्ञानेन्द्रबहादुर बोहराको भनाइ छ । 

“सडकको तल्लो छेउमा जाली हाले पनि माथिल्लो छेउबाट पहिरो आउन थालेको छ, धेरै घर जोखिममा छन्,” वडाध्यक्ष बोहराले भने । पहिरोलाई नियन्त्रणका लागि उक्त सडक निर्माण गर्ने पूर्वाधार कार्यालय र सम्बन्धित ठेकेदारसँग छलफल भइरहेको छ । 

दुई दिनदेखि लगातार वर्षा भएकाले पहिरो थप खस्न सक्ने अनुमान स्थानीयको छ । सडक निर्माणका क्रममा उक्त स्थानमा चट्टान भएकाले पहिरो नआउने अनुमान भए पनि हाल पहिरोको जोखिम रहेको बताइएको छ । 

वर्षाका कारण अछामका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । मुख्य सडकमा रुख ढलेर, साना पहिरोले अवरोध भइरहेको बताइएको छ । सडक अवरुद्ध हुँदा ग्रामीण क्षेत्रमा सञ्चालन हुने यातायातका साधन अवरुद्ध भएका छन् । 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा