कमलबजार नगरपालिका ५ वर्ष देखि निमित्तकै भरमा 

August 29, 6:48

शुसिल भण्डारी/ अछाम,१२ अछाम । मुलुक संघियतामा गए संगै सिंहदरबारको अधिकार गाउँ गाउँ भनिएको छ। तर सिंहदरबारको अधिकार गाउँमा पुर्याएर जनतालाई विकासको अनुभूति दिलाउने कर्मचारी नहुँदा विभिन्न स्थानीय तहहरुमा सेवा प्रवाहमा समस्या देखिएको छ।

स्थानीय तहमा जनप्रतिनिधिलाई सघाउने प्रमुख प्रशासकीय अधिकृत नहुदा सरकारको अनुभूति जनताले गर्न सकेका छैनन्। यसकै एक उदाहरण हो अछामको कमलबजार नगरपालिका अछामका १० वटा स्थानीय तह मध्य ९ वटा पालिकामा प्रमुख प्रशासकीय अधिकृत आइसक्दा कमलबजार नगरपालिका भने निमित्तकै भरमा चलेको छ

सामान्य प्रशासन मन्त्रालयले अछामका सबै गाउँपालिका हरुमा प्रमुख प्रशासकीय अधिकृत पठाइसकेको छ । मन्त्रालयले गाउँपालिकामा शाखा अधिकृतको दरबन्दी अनुसार अछामका ६ वटै गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाइसकेको हो ।

अछामका १० वटा स्थानीय तह हरु मध्य ४ वटा नगरपालिकामा दरबन्दी अनुसार प्रमुख प्रशासकीय अधिकृत उपसचिवले काम कार्वाही गरिरहेका छउन्जेल । तर अछामको कमलबजार नगरपालिकामा बिगतका दिन देखि निमित्त प्रमुख प्रशासकिय अधिकृतले नै नगरपालिका चलाइरहेका छन् । तत्कालीन जिल्ला बिकास समितीका अधिकृत छैटौं खडग बहादुर बिष्टले २०७६ साउन १ गते देखि हालसम्म कमलबजार नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गरिरहेका छन् ।

यता कमलबजार नगरपालिका नगर प्रमुख यज्ञ प्रसाद ढकालले दरबन्दी अनुसार उपसचिव पठाइ दिन मन्त्रालय लाई निरन्तर ताकेता गर्दा पनि नपठाएको बताए । उनले भने ,मन्त्री ,सचीव लाइ भेटेर लिखित ,मौखिक सबै कुरा गरियो तर उपसचिव पठाएन । कार्यालयका काम कार्वाही चुस्त दुरुस्त पार्नका लागि कुशल प्रशासकको चाहिएकोले अझै पनि नगरपालिकामा दरबन्दी अनुसार उपसचिव ल्याउन पहल गरिरहेको बताए ।

कमलबजारमा २०७४ फागुन २८ गतेदेखि २०७५ जेठ ११ गतेसम्म उपसचिव तिलक गौतमले छोटो समय प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए त्यस यता नगरपालिका निमित्तकै भरमा चल्दै आएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा