एसिया कप हेर्न जनकपुरमा २ बजे पछि विद्यालय बन्द हुने 

August 30, 2:29

काठमाण्डौ,१३ भदौ ।  एसिया कप क्रिकेट हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज बुधवार दिउँसो २ बजेपछि विद्यालयमा बिदा दिएको छ ।

उपमहानगरपालिकाको शिक्षा शाखाका वरिष्ठ उपसचिव मेहीलाल यादवले सूचना निकालेर दिउँसो २ बजेपछि विद्यालय बन्द भएको जानकारी दिनुभएको हो । नेपाली टिमको हौसला बढाउन र विद्यार्थीलाई खेलप्रति ऊर्जावान् भावना जागृत गराउनका लागि यस्तो गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

आजदेखि शुरु हुने एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल र पाकिस्तानको खेल सवा ३ बजे सुरु हुँदैछ । -उज्यालो

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा