बहराइनसँगको खेलमा नेपाल विजयी

September 01, 2:25

काठमाण्डौ । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बहरानलाई १० विकेटले हराएको छ ।

मलेसियाको क्वालालम्पुरमा बहराइनले दिएको ३२ रनको झिनो लक्ष्य नेपालले कुनै पनि विकेट नगुमाई २ ओभर ५ बलमै पूरा गर्‍यो । नेपालका लागि कविता कुँवरले १७ र सीता राना मगरले २ रन बनाइन् । बहराइनले १३ अतिरिक्त रन दियो ।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बहराइन १५ ओभर ४ बलमा ३१ रनमै अलआउट भयो । बहराइनका लागि रसन्गिका हेरथले सर्वाधिक ११ रन बनाइन् । बलिङतर्फ नेपालका इन्दु बर्माले ३, खुशी डङ्गोलले २ तथा कविता कुँवर, पूजा महतो र रुबिना क्षेत्रीले १-१ विकेट लिइन् । बहराइनका दुई जना खेलाडी रन आउट भए ।

लगातार दोस्रो जितसँगै नेपालले सेमिफाइनल सम्भावना बलियो बनाएको छ । हिजो बिहीवार भएको पहिलो खेलमा नेपालले मलेसियालाई ५ रनले हराएको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा